साउन ३१
नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व पंत्तिमा आउन अब स्वच्छ विचार धाराका व्यक्तिहरुको चासो देखिएको छ । सोमबार बाँकेको नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी भाद्र ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निवार्चनमा स्वतन्त्र बाट नेतृत्वमा जाने प्रष्ट देखा परेको हो ।

लामो समय देखि व्यापार व्यवसाय गर्दै आएका तेज नारायण कंडेलले पत्रकार सम्मेलन गर्दै स्वतन्त्र बाट संघको सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वच्छ विचार धाराबाट व्यवसायीहरुको पक्षमा सक्रिय भएर लाग्ने प्रतिवद्धता सहित पत्रकार सम्मेलन गरेर उम्मेदवारीको घोषणा गरेका हुन् । स्वतन्त्र बाट सदस्य उम्मेदवारी दिएका कंडेलको प्रस्तावक निरन्जन लामिछाने रहने छन् भने, समर्थक मदन प्रसाद पोखरेल रहने भएका छन् । सदस्य पदका उम्मेदवार कडेलले गुट उपगुटको राजनीतिले व्यापारीहरुको समस्या समाधान गर्न नसकिरहेको बेला स्वच्छ विचार धाराबाट व्यवसायीहरुमा रहेको विभिन्न समस्यालाई निराकरण गर्ने बताउदै सबैले सहयोग गर्न आग्रह गरेका थिए । उम्मेदवार कंडेलले व्यापारीहरुलाई उनिहरुको स्तर अनुसार वर्गिकरण नगरिदा कोहीलाई काखा कोहीलाई पाखा भइरहेको बेला आफु निर्वाचित भएपछि मुख्य एजेण्डा बनाएर अगाडी बढ्ने जनाए । कंडेलका प्रस्तावक निरन्जन लामिछानेले स्वतन्त्र विचार धाराबाट संघमा निर्वाचित गराएर सहयोग गर्न अपिल गरे । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका क्षेत्रिय संयोजक झलक गैरे, पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल औषधी व्यवसायी संघका भेरी अंचल संयोजक तथा संघको सदस्य पदको उम्मेदवार अभय बस्नेत, होटल अर्गनाइजेशन बाँकेका अध्यक्ष निम बहादुर थापा, शन्ति समिति बाँकेका संयोजक तेज विक्रम शाह, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका जिल्ला अध्यक्ष हुकुम केसी, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष चिन्तन शाह, लगायत पत्रकार व्यवसायीहरुको बाक्ले उपस्थिति रहेको थियो । स्वतन्त्र बाट सदस्य पदका उम्मेदवार कंडेल २०६० साल बाट सक्रिय व्यवसायी गर्दै आएका छन् ।
