शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Sunday, February 5, 2017

खरेललाई कंडेलको साथ,
राप्रपाको राजनीतिमा सच्चा पौडेल पक्षधर मानिने जिल्ला कोषाध्यक्ष तेजनारायण कंडेल खुलेर खरेलको पक्षमा लागि परेका छन् । आफ्नो  बलियो खम्बा मान्ने पौडेल पक्ष कंडेल एकाएक खरेल तिर उभिएपछि उनीहरु चकित परेका छन् ।  विगत दुई साता देखि फेसवुक देखि, मनत्वय सम्ममा खरेलको पक्षमा प्रचार प्रसारलाई भाईरल बनाएका छन् ।
जहिले पनि उनीहरुकै पक्षमा बोल्ने कंडेल राप्रपाको जिल्लाको राजनीतिमा सक्षम मानिन्छन् । जिल्लाको सदस्य हुँदै कोषाध्यक्ष सम्म कुशल जिम्मेवारी निर्वाह गरेका  कंडेलले २७ बर्ष देखि निरन्तर राजनीति गरिरहेका खरेल जितेपछि पार्टीलाई धेरै सहयोग पुग्ने भन्दै खुलेर सहयोग गर्न थालेको जनाए ।

राप्रपाको राजनीतिमा पौडेल भन्दा खरेल सक्षम


विगत १ महिना देखि देशैभरी राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउ देखि क्षेत्र सम्म अधिवेशन, निर्वाचन चलिरहेको छ । दुई राप्रपा एक भएपछि अहिले देशैभरी गर्मागर्मी चलिरहेको बेला बाँकेमा झनै माहोल तातिएको छ । यहि २५ गते हुने बाँके जिल्लाको अधिवेशनमा दुई पक्ष विच घमाशान युद्ध हुने देखिएको छ । लामो समय देखि कुशल राजनीति गर्दै आएका कृष्ण प्रसाद खरेल र राजनीतिमा खाशै नदेखिएका नरेन्द्र पौडेल बिच प्रतिस्पर्धा हुने देखिएको छ । यि दुई खेमा विच हुने लडाईमा पार्टीगत स्वार्थ भन्दा व्यक्तिगत, नातागत, स्वार्थगत चलखेल सुरु भएको छ । दुई÷दुई पटक पार्टीको जिल्ला अध्यक्ष भएर कुशल भूमिका निर्वाह गरिसकेका खरेललाई हराउन केन्द्रिय नेता देखि आफुलाई जिल्लाका ठुला भनाउदा नेताहरु लागि परेका छन् । पौडेल भन्दा खरेल जित्ने निश्चित  हुँदै गएपछि यतिबेला चलखेल सुरु भएको हो । जम्मा १ सय ५७ मत मध्ये खरेलले १ सय बढि मत ल्याउने पक्का भइसकेको छ ।