एकीकृत राप्रपाका केन्द्रिय सदस्य तेजनारायण कंडलले वातवरण सरसफाई गरि स्वच्छ राख्नका लागि आफ्नै घर बाट सरसफाईको सुरुवात गर्नुपर्ने बताएका छन् । आज नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरमा आज भएको नाली तथा बाटो सरसफाई अभियान कार्यक्रममा गर्दै स्वच्छ वातावरणको पहिलो कडी आफ्नै घरबाट सुरुवात गर्नुपर्ने प्रष्ट पार्दै सबैले सरसफाईमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरेका हुन् । बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने, उद्योग कलकारखाना बाट निस्कने फोहर व्यवस्थापन जस्तो महत्वपुर्ण कार्यमा सरकार अग्रसर हुनुपर्ने भन्दै नेपाली नागरिक निरोगी बन्नुआफ्नो पार्टीको सफलता हुने दावी समेत गरे । नेपालगन्ज उपमहानगरपालिकाले लक्षित बर्गका लागि गर्दै आएको नियमीत कार्यक्रम अन्तरगत बिहीबार जयसपुरमा चेतना परिवारको सहजीकरणमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
