शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Tuesday, January 8, 2019

बाख्रापालन र करार खेतीको लागि राप्ती सोनारी उपयुक्तः मन्त्री पौडेल



कृषी क्षेत्र अन्तरगत राप्ती सोनारीमा प्रभावकारी कार्याक्रम ल्याउन लागिएको भूमि व्यवस्था तथा कृषीमन्त्री आरती पौडेलले बताएकि छिन् । बुधबार राप्ती सोनारी ४ बैजापुरका क्यान्सर रोगबाट ग्रसित अगुवा नेता नोखिराम खड्काको स्वास्थ्य अवस्था बारे जानकारी लिएर फर्किने क्रममा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै  मन्त्री पौडेलले सो कुरा बताएकि हुन् ।  राप्ती सोनारीमा उन्नत जातका बाख्रा पालन व्यवसाय, तरकारी हाट बजार संकलन केन्द्र, करार खेती र प्रधानमन्त्री कृषी परियोजनको थुप्रै कार्यक्रम प्रदेश सरकारले केन्द्रित गरेको बताइन । खेतीयोग्य जमिन बाँझो नहोस भन्ने उद्देश्यले ५ विगाहमा खेती गर्ने युवाहरुको लागि विशेष योजना ल्याएको बताइन् । राप्ती सोनारीमा यो कार्यक्रम निकै फलदायी हुने बताउँदै ठेक्कामा लिएको जग्गाको रकम पनि प्रदेश सरकारले उपलब्ध गराउने मन्त्री पौडेलको भनाई छ । समुहमा मिलेर खेती गर्नका लागि सुरुमा ३ लाख रुपैयाँ पनि उपलब्ध गराउँने  र राम्रो गर्दै गएमा ट्याक्टर लगायतका यान्त्रीकरण उपलब्ध गराउने मन्त्री पौडेलले जनाइन् । भेटघाट कार्यक्रममा नेकपाका राप्ती सोनारी  संयोजक चाम बहादुर घर्ती, तुलसी थारु, नेकपा नेता मिनराज खड्का ( सन्तोष) नरहरी भण्डारी, दयाराम थारु ल्गायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।