नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को वडा अध्यक्षको उम्मेद्वार पदका साझा उम्मेद्वार भेषराज चौलागाई (राजन)ले उम्मेद्वारी दिनुभएको छ ।
वडा नं. १८ का स्थानियवासी चौलागाई आज घरदैलो कार्यक्रमलाई तिव्रता दिनुभएको छ । चुनाव चिन्ह घर रहेको चौलागाईको वडा नं. १८ लाई विकास गर्न १९ बुंदे प्रतिवद्धता पत्र जायर गर्नुभएको छ । वडा नं. १८ कारकादोमा घरदैलो कार्यक्रम गर्दै जनता सामु चौलागाईले अध्यक्षमा जिते विभिन्न विकास निर्माणका कामलाई बढावा दिने बताउनुभयो । वडा नं. १८ लाई भ्रष्टाचारमुक्त बनाउन मन, बचन र कर्मले लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा समेत जनसहभागितामा जोड दिने उहाँले बताउनुभयो । जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षाका लागि दिर्घकालिन नितिनिर्माणको लागि सक्दो पहल गर्ने उहाँले बताउनुभयो । कारकादोको चोकमा स्थानिय पैदल यात्रुलाई आवतजावतमा समस्या भएको हुनाले आकाशे पुल निर्माणमा पहल गर्ने अध्यक्षका उम्मेद्वार चौलागाईले बताउनुभयो ।

वडा नं. १८ का भित्री सडकहरुलाई क्रमिक रुपमा बजेट व्यवस्थापन गरि कालोपत्रे गर्ने गराउने कार्यमा नगरसंग सम्मन्वय गर्ने र स्थानिय जनसहभागितालाई प्रोत्साहन गर्ने चौलागाईले बताउनुभयो । स्कुलको भौतिक विकास र स्तरोन्नती गर्ने कार्यका लागि स्थानिय तहमा सम्मन्वय र सम्पर्क गर्ने प्रतिवद्धता गर्नुभयो । घरदैलोमा आफ्नो पकड रहेको बताउदै स्थानियले साथ दिनु आश रहेको बताउनुभयो । वडा नं. १८ का विकास निर्माणका लागि वडा नं. १८का वासिन्दाले मलाई भरपुर साथ सहयोग दिने चौलागाईले बताउनुभयो । चौलागाईले घर चिन्हमा मतदान गरि अध्याधिक बहुमतले जिताउन आग्रह समेत गर्नुभयो ।