शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Monday, September 19, 2016

विश्व शान्तिका लागि ठुलो संख्यामा रक्तदान,


कोहलपुर, असोज ३
अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा बाँकेमा गरिएको रक्तदान कार्यक्रममा ठुलो संख्यामा मानिसहरुले रक्तदान गरेका छन् । नेपाल मानव धर्म सेवा समिति भेरी अंचल आश्रमले बाँकेको नेपालगन्जमा आज अन्तरराष्ट्रिय शान्ति दिवस तथा परम पुज्य श्री सत्तपाल जी महाराजको ६६ जन्मिदिनको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५२ जनाले रक्तदान गरेका हुन् । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलले विश्व शान्तिको कामना गर्दै रगतको कमिले कोही पनि मर्न नपरोस भन्ने भावना बोकेका राजनीतिकज्ञ, समाज सेवी, पत्रकार, शिक्षक,विद्यार्थी लगायत गरि १ सय ५२ जनाले रक्तदान गरेको जनाए । सचिव कंडेलका अनुसार १सय ५२ जना मध्ये ३४ महिला र १ सय १८ पुरुष रहेका छन् । रक्तदान दिनेहरुमा राप्रपा नेपाल बाँकेका अध्यक्ष ऋषिराज देवकोटा, समिति सचिव कंडेल, राप्रपा नेपालका जिल्ला सदस्य खिम बहादुर खत्री, लगायत १ सय ५२ जना रहेका छन् । आज मंगलबार मानव धर्म सेवा समितिले नेपालगन्ज उप महानगरपालिकाको घरबारी टोलमा रहेको भुरे स्कुलमा गरिव विद्यार्थीहरुलाई काँपी कलम वितरण गर्ने भएको हो । सचिव कंडेलका अनुसार गरिव असाहय बालबालिकाहरुलाई काँपी कलम वितरण गर्ने कार्यक्रम रहेको छ ।