सोमबार अवेर राती राप्ती सोनारी २ गोपारपुर नजिक खसी बोक्ने ट्रक दुर्घटनामा परेको छ । अगैया प्रहरी चौकीका इन्चार्ज प्रेम शर्माका अनुसार राप्ती सोनारी ९ ढकेरी बाट काठमाण्डौ जाँदै गरेको ना १ क ५७२८ नम्बरको ट्रक दुर्घटना ग्रस्त भएको हो ।
प्रहरी इन्चार्ज शर्माका अनुसार गाडीमा समस्या उत्पन्न अनियन्त्रीत भई नजिकै रहेको प्रतिक्षालयमा ठोक्किएको जनाए । प्रहरीले ट्रक ठोक्कीदा मानविय क्षति नभएपनि ट्रकमा क्षति पुगेको जनाएको छ ।
राप्ती सोनारी क्षेत्रमा महिला समुहहरुले उत्पादन गरेको खसी संकलन गरेर काठमाण्डौ जाँदै गर्दा सामाजिक उद्यमी जिल्ला सहकारी संघको ट्रक दुर्घटनामा परेको हो ।
सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेका प्रवन्धक कृष्ण केसीका अनुसार संघको ट्रक ठोक्कीदा महिला दिदी बहीनीहरुले उत्पादन गरेको खसी संकलनमा समस्या भएको छ ।
प्रवन्धक केसीले सामाजिक उद्यमी जिल्ला सहकारी संघबाट सन्चालित १५ वटा सहकारीमा आवद्ध महिला समुहहरुले उत्पादन गरेको खसीलाई बजारीकरण गर्ने गरेको बताए ।
