राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष २० गते नेपालगन्जको त्रीभुवन चोकमा गर्ने एकताको आमसभाको पुर्व सन्ध्यामा एतिहासिक र्याली निकालेको छ । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेको अगुवाईमा कोहलपुर बाट नेपालगन्जसम्म एतिहासिक र्याली निकालिएको हो । युवक संगठनका जिल्ला अध्यक्ष हुकुम केसीका अनुसार राप्रपाका ३ दर्जन बढि नेताहरुलाई स्कटिङ्गका लागि निकालिएको र्यालीमा १ हजार मोटरसाईकल र १ सय ५० बढि साना गाडी सहभागि थिए । युवक संगठनका अध्यक्ष केसीले भने – दुई राप्रपा एक भएपछि पहिलो पटक भएको एतिहासिक र्यालीले बाँके जिल्ला राप्रपामय भएको छ, यस्ले बाँके जिल्लाको सबै निर्वाचन जित्न कुनै समस्या छैन् । युवक संगठनका बाँकेका सचिव अरुण शर्माले गाउँ गाउँबाट युवाहरुलाई उल्ख्येमात्रामा सहभागिता गराएको जनाए । र्यालीमा सोँचेको भन्दा बढि युवाहरुको सहभागिता भएको जनाउदै सचिव शर्माले राष्ट्रवादी विचार बोकेर र्याली सफल पार्न सहयोग गरेकोमा पार्टीका सबै भातृ संगठनका युवाहरु सबैमा धन्यवाद ज्ञापन गरे । हिन्दु राष्ट्रको ऐजेण्डा बोेकेको एक मात्र पार्टी राप्रपा भएकोले आमसभामा मध्यपश्चिमका सबैजिल्लाका गरि ५० हजार जनता आउने दावी गरिएको छ । आम सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री डा। धवल शम्शेर राणा, बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ ।
Monday, January 2, 2017
राप्रपाको र्याली एतिहासिक भएको दावी

Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment