राप्रपा नेपाल बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको २४ न ः वडामा आफ्नो कार्यालय विस्तार गरेको छ । घरघरमा राप्रपा नेपाल अभियान बोकेको राप्रपा नेपालले आज २४ न ः वडामा पार्टी कार्यालय विस्तार गरेको हो । आज राप्रपा नेपालका महामन्त्री डा ः धवल शम्शेर राणाले रिवन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै महामन्त्री राणाले सकारात्मक कार्य भएको भन्दै नगरको सबै वडामा कार्यालय विस्तार गर्न आवश्य रहेको बताए । राप्रपा नेपाल नेपालगन्जमा राम्रो रहेको बताउदै अहिले देखि स्थानीय तथा राष्ट्रिय दुवै निर्वाचनको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन गरेका छन् । राप्रपा नेपालका जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले खशि व्यक्त गर्दै सक्रिय भएर लाग्न आग्रह गरे । राजेन्द्र कुर्मीको संयोजकत्वमा कार्यालय स्थापना गरिएको हो ।
Saturday, October 1, 2016
नेपाल मनव धर्म सेवा समितिको दुर्गा उद्घाटन
मानविय सेवामा समर्पित रहेको नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल आश्रम नेपालगन्जले नव दुर्गाको भव्य उद्घाटन गरेको छ । आज शनिबार राप्रपा नेपालका महामन्त्रीले उद्घाटन गरेका हन् । शनिबार देखि ९ दिन सम्म नवदुर्गाको विशेष पुजा सहित विभिन्न कार्यक्रम गरि मनाउने भएको हो । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार नवदुर्गाको ९ दिन भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष संत्सगं हुने भएको हो । संगै ९ दिन सम्म झाँकी, नाटक, विशेष पुजाआजा, विशेष अतिथिहरुबाट शुभकामना आदान प्रदान गर्ने गर्ने समेत कार्यक्रम रहेको सचिव कंडेलले जनाए । नेपालगन्जको कारकाँदो स्थित आफ्नै भवनको प्राङ्गणमा नवदुर्गाको पूजा आजा गरिने भएकोले सबैमा उपस्थितिका लागि समितिले विशेष आह्वान समेत गरेको छ ।
Subscribe to:
Comments (Atom)



