शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Monday, November 14, 2016

बाँकेमा ६ सय ४५ जनााई पुर्ण राहात

, हेमन्त चौधरी, कार्तिक २९,
 बाँकेमा सशस्त्र द्धण्द्धकालको समयमा गम्भिर मानव अधिकार उलघंनका घटनामा परेका ६ सय ४५ जनाले सरकार बाट पुर्ण रुपमा राहात पाएका छन् । स्थानीय शान्ति समिति बाँकेको अनुसार  बाँकेमा ४ हजार पीडित मध्ये यस आर्थिक बर्षको अहिले सम्म ६ सय ५२ जनाले पुर्ण राहात पाएका हुन् । शान्ति समिति बाँकेले दिएका जानकारी अनुसार द्धण्द्धकालमा विभिन्न घटनामा परि मृत्यु भएका २ सय ३७ जनाले राहात पाएका छन् । यस्तै वेपत्ता भएका ५७ जना,  अपहरणमा परेका ३१ जना, विस्थापित भएका १ सय १९ जना अभिभावक विहिन भएका टुहुरा बालबालिका ८ जना, सम्पत्ती लुटिएका १ सय २६ र अंगभंग भएका ७४ जनाले पुर्ण रुपमा राहात पाएका हुन् । स्थानीय शान्ति समिति बाँकेले विगत एक बर्षको अवधीमा उल्लेख्य कार्य गरेकोले बाँकेमा ठुलो संख्याका पीडितहरुले राहात पाएका हुन् । निर्वतमान शान्ति समिति संयोजक तेज विक्रम शाहको कार्यकालमा  सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगमा परेका उजुरीहरु विवाद रहित तरिकाबाट राहात उपलब्धका लागि सफिारिस गरिएका थिए ।   सत्य निरुपणमा ९ सय ४० र वेपत्तामा १ सय २६ जनाको उजुरी परेका छ । शान्ति समिति बाँकेले अन्य धर्मगुरुहरु संग सद्भाव एकता कायम गर्न निरन्तर छलफल तथा शान्ति सद्भाव कायम गर्न अहम भूमिका खेलेकै कारण निवर्तमान संयोजक शाह देशभरीकै उत्कृष्ट शाखाको  रुपमा शान्ति तथा पुनर्निमाण मन्त्रालयमा सम्मान पाएका थिए । निर्वतमान संयोजक शाहले बाँकेमा सद्भाव एकता कायम गर्न शन्ति समितिको संयोजकले राजनीतिक कर्ता भन्दा शान्ति निर्माण कर्ताको रुपमा सम्पुर्ण कार्य अगाडी बढाउनु सुझाव समेत बताएका छन् ।