शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Thursday, August 25, 2016

नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष वैद्य सहित केन्द्रीय नेताहरु कोहलपुरमा


हेमन्त चौधरी,
कोहलपुर, भाद्र १०,
थारुवान राज्यको राज्य स्तरिय प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरण लगायत आधा दर्जन केन्द्रीय नेताहरु कोहलपुर आइपुगेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज बाट हुने प्रशिक्षणमा अध्यक्ष वैद्य संगै उपाध्यक्ष सिपी गजुरेल, पार्टी प्रवक्ता हरिभक्त कंडेल, थारुवान राज्य समिति संयोजक हर्क शाही लगायतका आधा दर्जन नेताहरु कोहलपुर आइपुगेका हुन् ।  नेकपा माओवादी क्रान्तिकारी निकट मानिने पत्रकार लोकराज जैसीका अनुसार  पार्टीलाई गाउँ —गाउँ तह सम्म कसरी बलियो बनाउने, पार्टी केन्द्रको अबको नीति लगायतका बिषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइने भएको हो । पत्रकार जैसीले थारुवान राज्यका २ सय ५० बढि नेता कार्यकर्ताको सहभागिता रहने प्रशिक्षणमा अध्यक्ष वैद्य र उपाध्यक्ष गजुरेलले प्रशिक्षण दिने जनाए । राष्ट्रिय भेला पछि पारित भएको ऐजेण्डालाई थप मजवुद गराएर पुर्वी कमाण्ड, पश्चिम कमाण्डमा प्रशिक्षण सक्काएको नेकपा माओवादी क्रान्तिकारीले आज थारुवान राज्यको राज्य स्तरिय प्रशिक्षण कोहलपुरमा गर्न लागेको हो । बिहान ११ बजेदेखि हुने प्रशिक्षण कार्यक्रममा सहभागिताका लागि आयोजकले आग्रह समेत गरेको छ ।

कंडेलद्वारा प्रचार—प्रुसार जारी

कोहलपुर÷भाद्र ९,आगामी भाद्र ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र सदस्य पदका उम्मेदवार तेज नारायण कंडेल बिहीबार पनि आफ्नो प्रचार प्रसारलाई जारी राखेका छन् ।   उनले दीभरी जसो नेपालगन्जका विभिन्न स्थानका व्यापारीहरु संग भेटघाट गरेर १४ नम्बरमा भोट हाल्न भन्दै  प्रचार प्रसारलाई जारी राखेका हुन् । उनले धम्बोझी, बसपार्क र खजुरा क्षेत्रका व्यापारीहरु संग भेटघाट गरेका छन् । भेटको क्रममा  व्यवसायीहरुले भरपुर साथ दिने प्रतिकृया दिएको उनले उल्लेख गरे ।  बउनले सम्पुर्ण व्यापारीहरुले सकारात्मक र जोसिला प्रतिकृया दिएको भन्दै उनले जित सुनिश्चित हुँदै गएको दावी गरेका हुन् । निर्वाचन समितिले तयार पारेको क्रम संख्या अनुसार  १४ नम्बरमा आफुलाई भोट हाल्न आग्रह गर्दै हिडेका कंडेललाई साथ दिन विभिन्न समुदायका व्यापारीहरुले भरपुर साथ दिने प्रतिकृया दिएका छन् । व्यापारीहरु संगको भेटघाटको क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र विचार धाराबाट नेतृत्व पंक्तिमा जान खोज्नु सकारात्मक कार्य रहेको भन्दै व्यापारीहरुले उत्साहा जनक हौसला प्रदान गर्ने गरेको उम्मेदवार कंडेलले जनाए ।