पन्चायतकालमा पटक पटक मन्त्री भएर देश सेवा गरेका बाँकेका फत्तेहसिंह थारु जनजताति बाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । आज देखि हुने राप्रपाको महाधिवेशन पछि हुने निर्वाचनमा पुर्वमन्त्री थारु जनजतिबाट उम्मेदवारी दिने भएका हुन् । पार्टी भित्र राम्रो छवि बनाएका पुर्वमन्त्री थारु केन्द्रीय सदस्य जित्ने सुनिश्चित भएको उनीबारे जानकार राप्रपाका नेता तेज नारायण कंडेलले जानकारी दिए । कंडेलका अनुसार शिक्षामन्त्री, संचारमन्त्री, उद्योगमन्त्री लगायत आधादर्जन बढि मन्त्रालय सम्महली सकेका छन् । Thursday, February 16, 2017
पुर्वमन्त्री थारु जनजातिबाट लड्दै
पन्चायतकालमा पटक पटक मन्त्री भएर देश सेवा गरेका बाँकेका फत्तेहसिंह थारु जनजताति बाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । आज देखि हुने राप्रपाको महाधिवेशन पछि हुने निर्वाचनमा पुर्वमन्त्री थारु जनजतिबाट उम्मेदवारी दिने भएका हुन् । पार्टी भित्र राम्रो छवि बनाएका पुर्वमन्त्री थारु केन्द्रीय सदस्य जित्ने सुनिश्चित भएको उनीबारे जानकार राप्रपाका नेता तेज नारायण कंडेलले जानकारी दिए । कंडेलका अनुसार शिक्षामन्त्री, संचारमन्त्री, उद्योगमन्त्री लगायत आधादर्जन बढि मन्त्रालय सम्महली सकेका छन् । ढकाल प्रचार प्रसारमै व्यस्त
यहि फाल्गुन ६ देखि हुने राप्रपाको महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रिय सदस्यका लागि हिक्मत ढकाल आज पनि दिनभरी प्रचार प्रसारमै व्यस्त रहे । मध्यपश्चिमका प्रभावशालि नेताको रुपमा परिचित नेता ढकाल केन्द्रीय स्तरका ठुला नेता देखि जिल्ला जिल्ला बाट आएका पार्षदहरु संग भेटघाट जारी राखेको बाँकेका पार्टी प्रवक्ता श्रीधर सुवेदीले जानकारी दिए । राष्ट्यिताका संरक्षण प्रजातान्त्रिक उदारवादको माध्ययम बाट सम्मुनत पार्टी निर्माणका लागि आफ्नो उम्मेदावरी आएको दावि गर्दै नेता ढकालले आफ्नो जित्ने आधार प्रसस्त रहेको दावी गरे । जम्मा ३ हजार ३ सय ८० मत रहेको निर्वाचनमा मध्य र सुदुर पश्चिम तथा देशैभरीका पार्सदहरुमा परिचित अनुहारका उम्मेदवार ढकाल जित्ने सुनिश्चीत हुँदै गएको छ ।
शाह पनि केन्द्रिय सदस्यका उम्मेदवार
लामो समय देखि राजनीतिमा सक्रिय रहेका तेज विक्रम शाह पनि अब केन्द्रीय सदस्य लड्ने भएका छन् । बाँके हुँदै अंचल क्षेत्र सम्म कुशल राजनीति गरेर नाम कमाएका शाह राप्रपाको खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा उठ्न लागेका हुन् । भोली ६ देखि हुने महाधिवेशनको उद्घाटन पछि हुने केन्द्रीय सदस्यको निर्वाचनमा शाह खुल्ला बाट केन्द्रीय सदस्यमा उठ्न लागेका हुन् । राष्ट्यिता राष्ट्यि अखण्डता, संवैधानिक राजतन्त्र, हिन्दुराष्ट् स्थापनाको लागि आफ्नो उम्मेदवारी रहेको शाहको दावी छ । ३ हजार ३ सय ८० मत मध्ये अधिकाँस मत आफुलाई आउने शाहले दावी गर्दै सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
Subscribe to:
Comments (Atom)

