शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Wednesday, February 15, 2017

केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी


फागुन ४, काठमाण्डौ,
यहि फाल्गुन ६ देखि हुने राप्रपाको महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रिय सदस्यका लागि हिक्मत ढकाल पनि चुनावी मैदानमा उत्रिने भएका छन् । मध्यपश्चिमका प्रभावशालि नेताको रुपमा परिचित नेता ढकाल खुल्ला बाट केन्द्रिय सदस्यमा लड्ने घोषणा गरेका हुन् । राष्ट्यिताका संरक्षण प्रजातान्त्रिक उदारवादको माध्ययम बाट सम्मुनत पार्टी निर्माणका लागि आफ्नो उम्मेदावरी आएको दावि गर्दै नेता ढकालले आफ्नो जित्ने आधार प्रसस्त रहेको दावी गरे । आज बिहान राप्रपाका पार्टी अध्यक्ष कमल थापा लगायत ठुला नेताहरुको सल्लाह अनुसार केन्द्रीय सदस्यमा जित्ने आधार धेरै रहेको बाँकेका पार्टी प्रवक्ता श्रीधर सुवेदीले जानकारी दिए । जम्मा ३ हजार ३ सय ८० मत रहेको निर्वाचनमा मध्य र सुदुर पश्चिम तथा देशैभरीका पार्सदहरुमा परिचित अनुहारका उम्मेदवार ढकाल रहेको उनीबारे जानकार तथा प्रवक्ता सुवेदीले दावी गरे । यस अघि पनि ढकाल केन्द्रीय सदस्य थिए ।

No comments: