शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Friday, April 26, 2019

जुत्ताको माला र कालोमोसो उपाहार लिन आएनन् ठेकेदार


शुक्रबार राप्ती सोनारी ३, ४ र ५  वडाको  गाउँ गाउँमा  मानिसहरु जम्मा भएर छलफल गरेको देखिन्थे ।  उनीहरु एका बिहानै गाउँको चोक चोकमा जम्मा भएर भलाकुसारी गर्दै  खाना खाएर एक घरको एक जना अनिवार्य उपस्थिति हुनु पर्ने भनिरहेका थिए । विगत १२ बर्ष देखि सोनारी बघौडा विद्युत विस्तारको नाममा ठक्दै आएका ठेकेदार राप्ती सोनारी ४ मा रहेको सब स्टेशनमा  आउने चाल पाएपछि मानिसहरु एकजुट भएर ठेकेदार संग जवाफ  माग्ने भएका थिए । २०६६ सालमा  ४६ करोड लागतमा कोहलपुर बाट धामपुर सब स्टेशन सम्म लाइन विस्तार गर्ने जिम्मा पाएको ठेकेदार राजेन्द्र मिश्रले  काम नगरेपछि  आहिले सम्म राप्ती सोनारीका अधिकाँस वडामा विद्युत आउन सकेको छैन् ।  १२ बर्ष सम्म जनतालाई झुक्याउनुको  जवाफ प्रष्ट नआएमा कालोमोसो र जुत्ताको मालाको समेत तयारी गरेका थिए । समय वित्दै गएपछि पीडित जनताहरुको बाक्लो उपस्थिति भएको र सामना गर्ने डरले ठेकेदार राजेन्द्र मिश्र भने आएनन् ।  उपस्थित  जनताको हुललाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले विभिन्न बहानामा ठेकेदार, प्रदेश र संघले दिएको मिति सर्दै गएकोले जनता जाग्न पर्ने धारणा राखेका थिए ।  अध्यक्ष थारुले सडक देखि सदन सम्म  तताउनलाई गाउँपालिकाले  जे जस्तो सहयोग गर्न पनि तयार रहेको बताउदै वैकल्पीक उपाय अपनाएर भएपनि विद्युत बाल्ने प्रतिवद्धता जनाए । सविधान सभा सदस्य पट्टु थारुले चौतर्फी पहल गर्दा पनि ठेकेदारको चरम लापरवाही देखिएको भन्दै जनस्तर बाट जाग्न पर्ने सुझाए ।
विद्युत समितिका सदस्य बालकृष्ण थारुले स्थानीय समुदाय बाट १० प्रतिशत रकम पनि प्रक्रिया अनुसार रकम उपलब्ध गराइसक्दा समेत विद्युत विस्तार नगरेको ठेकेदारलाई आरोप लगाए । सहभागी अधिकाँस उपभोक्ताले आक्रोस पोख्दै चाडो भन्दा चाडो विद्युत  विस्तार गर्न आग्रह गरे ।  कार्यक्रममा गाउँपालिका अध्यक्ष संगै ३ वटा वडाअध्यक्ष र उपभोक्ता गरि ३ सय बढिको सहभागिता रहेको थियो ।

Thursday, April 25, 2019

चर्नहवा बठ्वाहरु संगठित हुँदै




तराईका जिल्लाहरुमा बसोबास गर्दै आएका चर्नहवा बठ्वा थारु जातीहरु संगठित भएका छन् । उनीहरुले आज राप्ती सोनारी ३ खैरहनीमा पहिलो सम्मेलन गरेर संगठित भएका हुन् ।
बाँके, बर्दिया, दागं, कैलाली र कन्चनपुर बाट आएका चर्नहवा बठ्वा थारुहरुले आफुहरु संगठित भए मात्र पहिचान झल्किने निष्कर्षमा पुगेका छन् । उनीहरुले आफ्ना थरका गोत्यारहरु जहाँ, जुन अवस्थामा भएपनि संगठित भएर अगाडी बढ्दै पहिचानको लागि सबै एकजुट हुनेमा जोड दिएका छन् ।
 चर्नहवा बठ्वा थारुहरुको रितीरिवाज के कस्ता छन, पुजापाठ कसरी गर्ने, पुर्खाहरु काहाँ कहाँ बसेका हुन, अब कसरी अगाडी बढ्ने विषयमा व्यापक छलफल भएको व्यवस्थापन समिति सदस्य लहानु चर्नहवा बठ्वाले बताएका छन् । पहिलो सम्मेलनका संयोजक रविलाल चर्नहवाले आफुहरुको इतिहासबारे चर्चा गर्दै समाज, देश र राष्ट्यि राजनितीमा पनि आफुहरुको पहिचान हुनुपर्ने धारणा राखे । कार्यक्रममा व्यवस्थापन संयोजक खुशिराम थारुले सबै जिल्लाका गोत्यारहरुलाई स्वागत गर्दै आफ्नो थरको छोरी चेलीलाई कसरी चिनेर नयाँ नाता कायम गर्ने भन्ने बारे सजग गाराउन सम्मेलनले ठुलो भूमिका खेल्ने जनाउदै रीतिरीवाजको बारेमा चर्चा समेत गरेका थिए । सम्मेलनमा बाँके, बर्दिया, दागं, कैलाली र कन्चनपुरका गरि २ सय बढिको सहभागिता रहेको थियो ।  उनीहरुले सम्मेलनको क्रममा अग्रज पुर्खाहरुलाई सम्मान समेत गरेका थिए ।

Tuesday, April 16, 2019

सरस्वती मा.विको प्र.अ मा ललित कुमार चौधरी नियुक्त,को हुन प्रअ चौधरी ?


राप्ती सोनारी ३ मा रहेको सरस्वती मावि भवनियापुरले धेरै लामो समय पछि प्रधानाध्यापक पाएको छ । आज मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको  बैठकले ललित कुमार चौधरीलाई नियुक्त गरेको हो । समितिले सहायक प्रधानाध्यापकमा पुष्पलाल थारुलाई समेत नियुक्त गरेको छ । गत श्रावणनमा उक्त विद्यालयका प्र.अ र सहायक प्र.अ ले राजीनामा दिएपछि विद्यालय लामो समय सम्म प्र.अ विहिन थियो । नव नियुक्त प्र.अ चौधरीले गुणस्तरीय शिक्षा, विद्यालयको स्तरोन्नती , अभिभावक, विद्यार्थीहरु संगको सहकार्यमा  लागि रहने प्रतिवद्धता गरेका छन् । मा.वि तहको स्थायी तृतीय श्रेणी रहेका प्र.अ चौधरीले विद्यालय, अभिभावक, र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्ने जनाउँदै सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् । २०३५ सालमा स्थापना भएको विद्यालय बाँके जिल्लामा शिक्षा, खेलकुदमा नाम राखेको विद्यालय हो ।
को हुन प्र. अ चौधरी ?
२०४० साल १ महिना २८ गते बर्दिया पाताभार गा.वि.स जनक नगरमा पिता हिरालाल चौधरी । माता कौशिला देवी चौधरीको कोख बाट जन्मिएका ललित कुमार चौधरी २०४४ सालमा बसाईसराई गरि साविकको बैजापुर गा.वि.स वडा न. ३ कुम्भरमा आएका थिए । त्यस पछि यता  शिक्षक मामा  ढाकाराम पाठक र आफ्नै मातापिताको मेहनत र प्रेरणाले जनशक्ति मा.वि बैजापुर बाट औपचारिक अध्ययन सुरु गरेका प्र.अ चौधरी २०५१ सालमा कक्षा ६ पास गरि सरस्वती मा.वि भवनीयापुरमा कक्षा ७ मा भर्ना हुन आएका थिए । २०५५ सालमा सरस्वती माविको तेस्रो ब्याज बाट एस एल सी पास गरे । उच्च शिक्षा  हासिल गर्नका लागी  कोहलपुर वागेश्वरी क्याम्पस भर्ना भएका उनी पैसाको अभावमा नेपालगन्ज एक्सप्रेसको पत्रिका वितरकको काम समेत गरेर शिक्षा हासिल गरे । क्रमश समय वित्दै जाँदा विभन्न संघर्षका वापजुत २०६३ साल मंसिर १ गते नेरा प्रा.वि कुम्भरमा प्रावि तहको शिक्षक भएका थिए । २०६५ साल मंसिर १ गते सरस्वती माविमा  खेलकुद शिक्षकमा नियुक्त भएका प्रअ चौधरी २०७० सालको शिक्षा सेवा आयोगले लिएको खुल्ला परिक्षामा बाँके जिल्लाको मावि तथा निमावी तहमा नाम निकाल्न सफल भएका थिए । त्यसपछि मौखिक अन्तरवार्तामा पनि सफल हुँदै कुसुमेश्वर मावि कुसुममा हाजिर हुन गएका प्र.अ चौधरी पुन आफ्नै विद्यालयमा २०७३ सालमा सरुवा भएर आएका  थिए । हाल राप्ती सोनारी ४ कुम्भरमा स्थायी बसोबास गर्दै आएका प्र.अ चौधरीको एक छोरा एक छोरी रहेका छन् ।

दुबै मृगौला फेल, श्रीमानको उपचारको लागि बच्चा काखी च्यापेर मजदुरी गर्छिन सिता, सबैमा सहयोगको अपिल


राप्ती सोनारी ४ राजपुरमा ३० बर्षिय भुम बहादुर कामीको दुवै मृगौला  फेल हुँदा निकै पीडामा छन् । घरमा श्रीमती, एक ३ बर्षिय छोरा र १ बर्षिया छोरी भएको कामीको आर्थिक अभावका कारण उपचारमा निकै समस्या उत्पन्न भएको छ । मृगौला पीडित कामीले आहिले सम्म १० लाख रुपैयाँ खर्च गरिसकेपनि सन्चो नभएपछि सबैमा सहयोगको अपिल गरिरहेका हुन् ।
 भएको २ कट्ठा जमीन पनि बेचेर उपचार गरेका पीडित कामी यतिबेला सुकुम्बासी बनेका छन् । परिवार पाल्ने आफै अशक्त भएपछि उपचार गराउने त परै जाओस घर खर्च चलाउन पनि धौ धौ परेको उनको भनाइ थियो । उनले भने जिउँमा पुरै सुजन हुन्छ, घाटी सुक्छ, काम गर्न सक्दीन कसरी परिवार पाल्ने, कसरी उपचार गराउने ?
पीडित कामीका श्रीमती  सिता बि.क ले  भएको जग्गा जमिन, सम्पत्ती उपचारमा सक्यो ? रोग निको भएको छैन् कसो गर्ने होला, को होला हामीलाई सहयोग गर्ने भन्दै  उनको आँखा रसाए । 
 मंगलबार राप्ती सोनारी दैनिक पत्रिकाको पत्रकारहरु उनको बारेमा समाचार संकलन गर्न पुगेको बेला  पीडित कामीकि श्रीमती सिताले भावुक हुँदै भनिन, आफ्न्त, साथीभाई देश, विदेश, सरकारी, गैरसकारी संघ संस्था जसरी  जुन तरिकाले सहयोग गर्न सक्नु हुन्छ, सहयोग गरेर श्रीमानको ज्यान बचाई दिन सबैमा अनुरोध गरेकि छिन् ।
 गत २०७५  साल बैशाख महिनामा भारतको विकास नगरको एक अस्पतालमा चेकजाँच गराउने क्रममा डाक्टरले दुबै मृगौला फेल भएको भने पछि त्यस यता सन्चो हुने आशामा निरन्तर विभिन्न अस्पतालहरुमा उपचार गराउँदै आएको सिता विकले बताइन् ।  श्रीमनलाई सन्चो  गाराउने निरन्तर प्रयासमा उनी दैनि मजदुरी गरिरहेकि छिन् । तर उनको दैनिक मजदुरीबाट  आएको रकमले उपचार गराउन भने सम्भव छैन ्।

अहिले पनि हरेक हप्ताको २ पटक नेपालगन्ज मेडिकल कलेज कोहलपुर दश विगाहमा डाइलाशिस गराउने गरेको सिता विकले सुनाइन् ।  उनले कसैले सहयोग गर्न चाहेमा  ९८६६४१२८०२,९८६६४१२८०१ मा सम्पर्क गर्न सकिने जनाइन् । पीडित कामीका ससुरा  बल बहादुर कामीले ज्वाईको उपचारका लागि सबै सरकारी निकाय संग हारगुहार गर्दा कसैले सहयोग नगरेको गुनासो गरे ।
 राप्ती सोनारी गाउँपालिका वडा न. ४ को कार्यालय मार्फत गाउाँपालिकामा २०७५ साल ४ महिना ३० गतेको दिन आर्थिक सहयोग गर्ने निवेदन दर्ता भएपनि अहिले सम्म सहयोग नभएको उनको गुनासो छ । पटक पटक ताकेता गर्दापनि गाउँपालिकाले बेवास्ता गरेको उनको भनाई छ ।  यस भन्दा अगाडी मृगौला पीडित कामी भारतका विभिन्न स्थानमा श्रम गर्ने गरेका थिए ।

Friday, April 5, 2019

बैशाख २१ बाट बिनौनामा रनिगंशिल्ड हुने, टी्पलजम्प र कवड्डी हटाइयो,


आगामी २०७६ साल बैशाख २१ बाट राप्ती सोनारी गाउँपालिका स्तरीय प्रथम रनिगंशिल्ड हुने भएको छ । राप्ती सोनारी भरिका विद्यालयका प्र.अ हरुको भेलाले वैशाख २१ गते बाट राप्ती सोनारी ५ बिनौनामा गर्ने निर्णय गरेको हो ।
भेलामा सहभागी सरस्वती मा.वि भवनियापुरका शिक्षक ललित चौधरीका अनुसार आधारभुत र माध्यामिक तथा निजी विद्यालयको सहभागितामा पहिलो पटक गाउँपालिका स्तरीय प्रतियोगीता हुन लागेको हो । शिक्षक चौधरीले भुवर भवानी मा.वि बिनौनाले सन्चालन गर्ने रनिगंशिल्डमा एथ्लेटिक्स तर्फ १ सय , २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार दौड हुने र फिल्ड अन्तरगत लगंजम्प, हाइजम्प, ज्यावलिगं थ्रो, सटपट थ्रो,  जनाए । सामुहिक खेल अन्तरगत १०० इन्टु ४ रिले, ४०० इन्टु ४ रिले, भलिवलको प्रतिस्पर्धा हुने छ । राप्ती सोनारी गाउँपालिकाको कार्यालयले आर्थिक सहयोग २ लाख रकम उपलब्ध गर्ने भएको सन्चालक विद्यालयले जनाएको छ । हरेक विद्यालयले सहभागिता  वापत ३ हजारका दरले प्रवेश शुल्क तिर्ने निर्णय समेत भएको शिक्षक चौधरीको भनाई छ । खेलको मिति तय भएपछि आयोजक विद्यालयले तयारी सुरु गरेको छ ।