शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213
Showing posts with label खेलकुद. Show all posts
Showing posts with label खेलकुद. Show all posts

Sunday, June 4, 2017

जुन महिना लागेसँगै काठमाडौंमा गर्मी

जुन महिना लागेसँगै काठमाडौंमा गर्मी बढेको छ । पश्चिम तराईमा पनि गर्मी बढेको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार पछिल्लो दुई दिनमा काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन भएको छ । साथै वायुमण्डलमा ‘हृयूमिडिटी’ बढेका कारण रातमा पनि गर्मी महसुस हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार र आइतबार काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन छ । यो काठमाडौंमा वर्षकै उच्च तापक्रम भएको मौसमविद प्रधानाङ्गगले बताए । अघिल्लो महिनामा काठमाडौंको तापक्रम ३१.६ डिग्री सेल्सियससम्म पुगेको थियो ।
पश्चिम तराईमा पनि गर्मी बढेको छ । धनगढीको तापक्रम ४१.४ डिग्री सेल्सियम मापन भएको छ ।
मौसम विभाग विभागका अनुसार पछिल्लो चार दिन तापक्रम ४० डिग्री सेल्सियमबाट उकालो लागेको छ । जबकी अघिल्लो महिना धनगढीको तापक्रम जम्मा ५ दिनमात्र ४० डिग्री सेल्सियम कटेको थियो ।
नेपालगञ्जमा भने मेमा ४२ सम्म पुगेको तापक्रम जुन महिनामा ४०.६ डिग्री सेल्सियसमा झरेको छ । त्यहाँ अघिल्लो महिना ८ दिन तापक्रम ४० डिग्री सेल्सियमबाट उकालो लागेको देखिएको छ ।

नगरको सुन्दरता बढाउन आश्रमले रोप्यो फुलका बिरुवा



मानव धर्मका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको नेपाल मानव धर्म सेवा समितिले आज नेपालगन्जको कारकाँदोमा विभिन्न जातका फुलको विरुवा रोपेको छ । नेपाल मानव धर्म सेवा समाज भेरी अन्चल आश्रमले विश्व वातावरण दिवसको अवसरमा विभिन्न जातका फुलका बिरुवा रोपेको नेपाल मानव धर्म सेवा समाज बाँकेका सचिव तेज नारायण कंडेलले जानकारी दिए ।  भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष उपस्थितिमा फुलका बिरुवा रोप्ने काम भएको हो । हरियो बन नेपालको धन भन्ने मुल नाराका साथ मनाउन लागिएको विश्व वातावरण दिवसको अवसरमा फुल लगाएर शहरको सुन्दरता बढाउन खोजिएको समेत सचिव कंडेलले जानकारी दिए । यस अघि आश्रमले रक्तदान, फलफुल वितरण, सरसफाई लगायतका समाजिक हितमा विभिन्न कार्य गर्दै आएको छ ।

Tuesday, May 9, 2017

बुटिक कडाईबाट आत्मनिर्भर बन्दै विनौनाका महिलाहरु



विनौनाका महिलाहरु बुटिक कडाई तालिम सिकेर आत्मनिर्भर बन्दै गएका छन् । समाज सुधार नेपाल नामक संस्थाले एक महिने बुटिक कडाई तालिम सिकेर आफुहरु आत्मनिर्भर बन्दै गएको बताएका हुन् । चैत्र १५ देखि वैशाख १५ गते सम्म चलेको एक महिने तालिम बाट उनीहरु व्यवसाय गर्न सक्ने भएका हुन् । द्धण्दको समयमा प्रभावित भएको २३ जना महिलाहरुलाई कडाई तालिम दिइएको हो । सभासद अन्जना चौधरीको सहयोगमा बाँके क्षेत्र न १का विभिन्न स्थानमा च्याउखेती, सिलाई कटाई, बुटिक कडाई लगायतको सिप मुलक तालिम चलाएको उक्त संस्थाका शंकर न्यौपानेले जानकारी दिए ।

Thursday, February 16, 2017

पुर्वमन्त्री थारु जनजातिबाट लड्दै

पन्चायतकालमा पटक पटक मन्त्री भएर देश सेवा गरेका बाँकेका फत्तेहसिंह थारु जनजताति बाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।  आज देखि हुने राप्रपाको महाधिवेशन पछि हुने निर्वाचनमा पुर्वमन्त्री थारु जनजतिबाट उम्मेदवारी दिने भएका हुन् । पार्टी भित्र राम्रो छवि बनाएका पुर्वमन्त्री थारु केन्द्रीय सदस्य जित्ने सुनिश्चित भएको उनीबारे जानकार राप्रपाका नेता तेज नारायण कंडेलले जानकारी दिए । कंडेलका अनुसार शिक्षामन्त्री, संचारमन्त्री, उद्योगमन्त्री लगायत आधादर्जन बढि  मन्त्रालय सम्महली सकेका छन् । 

ढकाल प्रचार प्रसारमै व्यस्त


यहि फाल्गुन ६ देखि हुने राप्रपाको महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रिय सदस्यका लागि हिक्मत ढकाल आज पनि दिनभरी प्रचार प्रसारमै व्यस्त रहे ।  मध्यपश्चिमका प्रभावशालि नेताको रुपमा परिचित नेता ढकाल केन्द्रीय स्तरका ठुला नेता देखि जिल्ला जिल्ला बाट आएका पार्षदहरु संग भेटघाट जारी राखेको बाँकेका पार्टी प्रवक्ता श्रीधर सुवेदीले जानकारी दिए । राष्ट्यिताका संरक्षण प्रजातान्त्रिक उदारवादको माध्ययम बाट सम्मुनत पार्टी निर्माणका लागि आफ्नो उम्मेदावरी आएको दावि गर्दै नेता ढकालले आफ्नो जित्ने आधार प्रसस्त रहेको दावी गरे । जम्मा ३ हजार ३ सय ८० मत रहेको निर्वाचनमा मध्य र सुदुर पश्चिम तथा देशैभरीका पार्सदहरुमा परिचित अनुहारका उम्मेदवार ढकाल जित्ने सुनिश्चीत हुँदै गएको छ । 

शाह पनि केन्द्रिय सदस्यका उम्मेदवार


लामो समय देखि राजनीतिमा सक्रिय रहेका तेज विक्रम शाह पनि अब केन्द्रीय सदस्य लड्ने भएका छन् । बाँके हुँदै अंचल क्षेत्र सम्म कुशल राजनीति गरेर नाम कमाएका शाह राप्रपाको खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा उठ्न लागेका हुन् । भोली ६ देखि हुने महाधिवेशनको उद्घाटन पछि हुने केन्द्रीय सदस्यको निर्वाचनमा शाह खुल्ला बाट केन्द्रीय सदस्यमा उठ्न लागेका हुन् ।  राष्ट्यिता राष्ट्यि अखण्डता, संवैधानिक राजतन्त्र, हिन्दुराष्ट् स्थापनाको लागि आफ्नो उम्मेदवारी रहेको शाहको दावी छ । ३ हजार ३ सय ८० मत  मध्ये अधिकाँस मत आफुलाई आउने शाहले दावी गर्दै सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

Saturday, July 23, 2016

समाचार लेखेको बिषयमा पत्रकार हेमन्त चौधरीलाई एमालेका नेता खिल प्रसाद भुसालद्वारा धम्की

साउन, २ नेपालगन्ज ।समाचार लेखेको बिषयमा न्युज नमस्ते राष्ट्रिय दैनिकमा आवद्ध पत्रकार हेमन्त चौधरीलाई धम्की आएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश प्रसाद काफ्लेको नाम भजाएर एक समुहले यार्चागुम्वा व्यपारी बाट २ लाख ५० हजार कमिसन लिएको भन्ने समाचारको बिषयलाई लिएर नेकपा एमालेका कोहलपुर नगर प्रतिनिधि खिल प्रसाद भुसालले पत्रकार चौधरीलाई धम्की दिएका हुन् ।

शनिबार इलाका प्रहरीका कार्यालयको अगाडी पत्रकार चौधरीलाई आक्रामक हुँदै धम्की दिएका हुन् । नेता भुसालले नेकपा एमालेको विरुद्ध न्युज नमस्ते दैनिकले होइन् हेमन्त चौधरी लाग्यो, अब त्यसै छोड्दैनौ भने ।
सबैका माझ पत्रकार चौधरीलाई यसरी,उसरी समाचार लेख्नुपर्छ भनेर सिकाउँदै यस्तालाई ठिक गर्न युवा संघलाई जिम्मा दिइसकेको नेता भुसालले भने ।
हाम्रा पनि थुप्रै पत्रकार रहेको भन्दै आगामी दिनमा सोंची सम्झी लेख्न धक्की दिए । चौधरीबारे पहिले नेपालगन्ज हुँदा र अहिले कोहलपुर हुँदा कसको हैसियत कति सबै थाहा भएको भन्दै थिए । पत्रकार चौधरीलाई धम्की दिएको र आज पनि कार्यकर्ता छुटाउन आएको भनेर समाचार लेख्नु भनेर दवाव दिदै थिए ।
नेता भुसालले पत्रकारलाई दिएको धम्कीको बिषयमा नेपाल पत्रकर महासंघलाई जानकारी गराइएको छ । प्रहरीले डिएसपीको नाममा कमिसन लिदा प्रयोग गरिएको भे ५ प ४१३ नम्बरको पल्सर मोटरसाईकल धनि शम्शेरगन्ज गाविस, हवल्दारपुरका ज्ञान बहादुर थापालाई पक्राउ गरिएको र थापालाई छुटाउन एमाले नेताहरुको भिड—भाड थियो, भनेर समाचार प्रकाशित भएको थियो ।
यसैबिच इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख  डिएसपी पत्रकार चौधरीलाई सुरक्षा दिन आफुहरु प्रतिबद्व रहेको बताउनुभयो ।