बढ्दो असुरक्षालाई मध्यनजर गर्दै राप्ती सोनारी लगायत देशैभरी अवैध हात हतियार संकलन गर्न थालिएको छ । गृहमन्त्रालयले परिपत्र गरेपछि अवैध हातहतियार संकलन गर्न अभियान थालिएको हो ।
सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती सोनारीमा रहेको इलाका प्रहरी कार्यालय र चौकीले अवैध हतियार बुझाउन सबैमा अपिल गरिरहेको छ । राप्ती सोनारी ४ मा रहेको इलाका प्रहरी कार्यालय धामपुर, इलाका प्रहरी कार्यालय कुसुम, प्रहरी चौकी अगैया, प्रहरी चौकी कचनापुर, प्रहरी चौकी ढकेरी र फत्तेपुरमा रहेका २ वटा प्रहरी चौकीले सार्वजनिक सुचना टाँस गरेका हुन् ।
आइतबार इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक कमल थापा क्षेत्रीले अवैध हतियार वुझाउने बारेको सुचना टाँस गर्दै थिए ।
पत्रकार संगको प्रतिकृयामा प्रहरी इन्चार्ज थापाले आम नागरिक संग भएको अवैध हात हतियार सहि सलामत कार्यालयलमा बुझाउन आग्रह गरिरहेका छौं । उनका अनुसार प्रहरीको सुचना अनुसार कुनैपनि नागरिकले हात हतियार बुझाएमा कुनै खालको कानुन नलाग्ने भएको हुँदा पनि सबैलाई सजिलो भएको
छ ।
प्रहरी इन्चार्ज थापाले कानुन बमोजिम लिनुपर्ने इजाजत नलिई वा इजाजत पत्र नविकरण नगराई र इजाजत प्राप्त व्यक्तीको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई अथवा अन्य जुनसुकै तरिकाले नेपाल राज्य भित्र कोही कसैले हात हतियार खरखजाना राखेको भए ३५ दिन भित्रमा सकुशल बुझाउन सवैमा आग्रह समेत गरेका छन् ।
प्रहरीको सुचना पाएर पनि हतियार नवुझाउनेलाई कानुन अनुसार कडाभन्दा कडा कारवाही गरिने समेत उद्घोष गरेका छन् ।

