स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको मिति निजिकिदै गर्दा राप्रपा बाँकेका जयसपुरको सक्रिय कार्यकर्ता मेराज अन्सारी एकीकृत राप्रपा राष्ट्रवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पार्टीका जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरेलले टिका लगाएर स्वागत गरेका थिए । केन्द्रिय सदस्य तेज नारायण कंडेलले आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलिरहेको बताउदै स्थानीय निकायको निर्वाचनमा धेरै ठाउँ जित्ने आधारहरु बन्दै गएको जनाए ।बिहीबार मात्रै राप्रपा पार्टीका कोषाध्यक्ष भेषराज चौलागाई सहित गाउँ ईकाई कमिटी पुर्व उपाध्यक्ष जाविर अन्सारी, गाउँ इकाई कमिटि सदस्य नुर मोहम्मद लगायत पार्टीका विभिन्न पदमा रहेका ७५ जनाको हुलले सामुहिक पार्टी परित्याग गरेको थियो ।
