खाद्य तथा काष्मेटीक पदार्थको करोबार गर्ने विभिन्न व्यवसायहरु बाँकेमा संगठित भएका छन् । आहार पुरक डायटरी सप्लीमेण्ट अर्थात (फ्यान क्यान) नामक संस्थामा व्यवसायिहरु संगठित भएका हुन् । फ्यान क्यानका केन्द्रिय सदस्य रामदिन मोदीका अनुसार खाद्यमा दर्ता भएका पौष्टिक आहार अन्तरगत पर्ने विभिन्न पदार्थ तथा काष्मेटीक कारोबार गर्ने जिल्लाका व्यवसायिहरु संगठित भएका हुन् । केन्द्रीय सदस्य मोदीका अनुसार अध्यक्षमा विजेन्द्र सिहं ठकुरी, उपाध्यक्षमा प्रमेश कुमार वर्मा,कोषाध्यक्षमा रामदिन साहुू,सचिवमा
लवराज श्रेष्ठ,सदस्यमा चित्र कुमार थापा, रवि जायशवाल, नन्दलाल शाहनी र राज कुमार शर्मा रहेका छन् ।