शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Friday, October 14, 2016

जुवाको खालमा राप्तीपारिको दशै

सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चनिने राप्तीपारिको दशै यस बर्ष जुवामय भयो । दशैको एक हप्ता राप्तीपारिको ३÷४ गाविसमा लाखौँ रुपैयाँको जुवा भएको हो । लाखौं रुपैयाँको जुवा ठाउँ ठाउँमा चल्दा समेत बैजापुर ÷बिनौना गरि २ गाविस हेर्ने ईलाका प्रहरी कार्यालय धामपुर मुख दर्शक बनेर बस्यो । प्रहरी प्रशासनकै जानकारीमा खुल्लेयाम जुवा खेल्न पाइने भएपछि टाढा टाढा बाट जुवाडेहरु राप्तीपारि पुगेका थिए । दाङ, नेपालगन्ज, कोहलपुरबाट ठुलो संख्यामा जुवाडेहरु राप्तीपारि पुगेका थिए । बैजापुर÷बिनौना र फत्तेपुरका विभिन्न स्थानमा खुल्लेयाम जुवा भइरहेको जानकारी पाएपनि प्रहरीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाहरुको भनाई छ । बिनौनाको मेला लाग्ने डाँडा, ९ वडा, चिलहरिया,बैजापुरको नयाँ बस्ती अन्धरपुर, खैरहनी, बेलासपुर लगायतका स्थानमा ठुलो जुवा चलेको हो । यि ठाउँहरुमा स्थानीय भन्दा बाहिरका धेरै जुवाडेहरु खेल्न आएको स्थानीय बासिन्दाहरुको भनाई छ । ईलाका प्रहरी कार्यालयका प्रहरी इन्चार्ज सई देवीलाल घर्तिमगर उक्त चौकीमा बसेको एक दशक लामो भइसकेकोले स्थानीय स्तरमा केहि पनि नगर्ने गरेको स्थानीय बासिन्दाहरुको भनाई छ । यी संगै राप्तीपारिमा चोरीका मोटर साइकल, ट्राफिक नियम विपरित मोटरसाईकलहरु प्रहरीको सामुन्ने गुड्दा समेत प्रहरी नदेखेझै गर्ने गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ ।