
राप्ती सोनारी ४ मा रहेको जनशक्ति मा.वि बैजापुरले नर्सरी कक्षा देखि १० सम्मका विद्यार्थीहरुलाई पुर्ण रुपमा निशुल्क शिक्षा प्रदान ग
हुमाशं कर वली अध्यक्ष रहेको व्यवस्थापन समितिले निर्णय गर्दै नयाँ शैक्षिक सत्र बाट पुर्ण रुपमा निशुल्क गर्ने घोषणा गरेको हो । बाँके जिल्लामा सामुदायिक विद्यालयको दृष्टिकोणले सबैभन्दा धेरै विद्यार्थी १ हजार १ सय बढि रहेको विद्यालय व्यवस्थापन समितिले गरेको पुर्ण निशुल्क गर्ने निर्णयको अभिभावकहरुले स्वागत योग्य भनेका छन् ।
शिक्षामा सबैको सक्रिय पुहँच संगै गुणस्तरिय शिक्षा प्रदानको लागि गरेको निर्णयले गरिव असाहय, दलित , जनजाति विद्यार्थीलाई झनै राहात हुने अपेक्षा गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले भने आर्थिक अभावका कारण कुनैपनी बालबालिका शिक्षा बाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले पुर्ण निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरिएको हो । आफु विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा आइसकेपछि शिक्षामा सुधार आएको बताउदै गत बर्षको एसईई परिक्षामा पनि राप्ती सोनारीमै पहिलो भएको र हाजिरी जवाफमा पनि पहिलो भएको अध्यक्ष वलीले दावी गरे । २००२ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा फड्को मारेको अभिभावकहरुको भनाई छ ।
र्ने घोषणा गरेको छ ।
