नेपालगन्ज, २४ जेठ –
भारतसँगको खुला सिमानाका
कारण नेपालगन्ज लगायतका आसपासका क्षेत्रमा भन्सार छलेर व्यापार व्यवसाय गर्ने दैनिक रुपमा मालामाल हुँदै गएको एक तथ्यांकले जनाएको छ ।
बाँके जिल्लामा ई–रिक्सा कत्तिको संख्यामा संचालनमा छन् भन्ने विषयमा अहिलेसम्म कुनै पनि सरकारी निकायका कार्यालयलाई जानकारी नभएपनि करिब ९
हजारको हाराहारीमा ई–रिक्सा संचालनमा आएका छन् ।
कडा प्रतिस्पर्धाको कारण ई–रिक्साको मूल्य दिनप्रति दिन घट्दो रहेको भएपनि नेपालगन्जमा
ई–रिक्सा निर्माण गर्ने केही उद्योगले भने भन्सार छलेर ई–रिक्साको किट भित्र्याई सस्तो दररेटमा बिक्री
वितरण गर्ने गरिएको पाइएको
छ ।
नेपालगन्जमा चिनबाट सिधा सम्पर्क राखी बैंकबाट टिटि मार्फत रकम पठाई भन्सार बुझाई ल्याउने केही कम्पनीहरु स्थानिय स्तरमा निर्माण हुने कम्पनीसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता रहेको छ । जबकी नेपालगन्जमा निर्माण हुने रिक्साका अधिकांश पाटर्सहरु चिनमा निर्मित भएपनि भारतबाट भन्सार छलेर ल्याउने गरेको भेटिएको छ ।
बाँके जिल्लामा रहेका
करिब ९ हजार हाराहारीको रिक्सामा लाग्ने गरेको ब्याट्री र अन्य पाटर्सहरु भारतबाट भन्सार छलेर ल्याउने
गरेकोले पनि चिनबाट मगाई भन्सार गरेर ल्याउने कम्पनीहरुलाई दैनिकी घाटा ब्यहोर्नु परेको बताइएको छ ।
ई–रिक्सामा प्रयोग हुने प्राय ब्याट्रीहरुको भन्सार तिरेको हुँदैन तर पनि नेपालगन्जमा खुलेआम बिक्री वितरण भइरहेको छ । केही ई–
रिक्सा बिक्री गर्ने कम्पनीहरुले भारतबाट भन्सार तिरेर ल्याएको ब्याट्री महँगो हुने भएकोले बिक्री नहुने
गरेको गुनासो गरेका छन् ।
बाँके जिल्लामा ई–रिक्सा मर्मत हुने अधिकांश पसलहरुमा भन्सार छलेर ल्याइएको ई–रिक्सा ब्याट्री तथा पाटर्स हुने गरेको पाइएको छ । तर यस विषयमा आन्तरिक
राजस्व कार्यालयले भने अहिलेसम्म यस्ता भन्सार छल्ने पसलमा अनुगमन समेत गरेको छैन ।
ई–रिक्सा बिक्री गर्ने एक कम्पनीले भने–‘ई–रिक्सामा प्रयोग हुने ब्याट्रीको विषयमा छानबिन गरियो भने स्वतः प्रमाणित हुन्छ । तर अनुगमनमा जाने तथा चेकजाँच गर्ने अधिकारी इमान्दार हुन जरुरी छ ।’
यस विषयमा भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरिक्षक चित्राङ्ग दहाल भन्छन्–‘रुपैडिहाबाट आउने गरेको ब्याट्रीको विषयमा हामीले चेकजाँच गर्ने क्रममा केही बरामद गरिएको छ । तर केही ब्याट्रीको भ्याट विल समेत देखाउने गरेको पाइएको छ । त्यस्तो भ्याट विल भएको विषयमा सुक्ष्म अनुसन्धान गरिने हो भने त्यस्ता पसलले भारतबाट नेपाल भित्र्याउने क्रममा भन्सारको प्रज्ञापन पत्र समेत चेकजाँच गर्दा स्पष्टका साथ थाह हुने विषय हो । यो सबै चेकजाँच गर्ने निकायले अनुगमन ग¥यो भने भन्सार छलेर ल्याउने कार्य बन्द हुने थियो की ?’
भारतको दिल्लीबाट ल्याई आफु खुशी बिक्री वितरण गर्दा आम ई–रिक्सा मालिकहरु घाटामा पर्ने
गरिएको गुनासो पनि रहेको पाइएको छ । भारतको दिल्लीमा १००० वाटको मोटरलाई भारु ३ हजार पर्छ भने भन्सार छलेर नेपालगन्ज भित्र्याइएको त्यो मोटर रु. ९
हजारमा बिक्री गरिने गरेको पाइएको छ । त्यस्तै ब्याट्री चार्जरको भारु २ देखि दुई हजार पाँच सय पर्नेलाई नेपालगन्जमा रु. ६ देखि ६ हजार पाँचसयमा बिक्री गर्ने गरिएको पाइएको छ ।