परिवार शोकमा, श्रीमती र दुइ सन्तानको विचल्ली
राप्ती सोनारी ५ चिलहरिया घर भएका ३२ बर्षिय दल बहादुर भण्डारी जाँदा खेरि छिट्टै फर्केर आउँछु, हामी त केहि गर्न सकेनै छोरा छोरीलाई त ठुलो मान्छे बनाउँनु पर्छ भन्दै साउँदी अरव गएका उहाँ कहिलै न फर्किनु हुने भो भन्दै भाव विहोल बनिन उनको श्रीमती गिता भन्डारी । डेढ बर्ष अघि साउदी अरवको झिजान स्थित काफिर कम्पनीमा काम गर्न गएका दल बहादुर भण्डारीको गत अषाढ ४ गते मुस्लिमहरुको महान पर्व रमजानको विदाको दिन कोठामा एक्कासी मृत फेला परेका थिए । मृतक भण्डारीका श्रीमती गिताले साँस त रहेन लास पनि आइनपुगेको २ महिना भन्दा धेरै भएको दुखेसो पोखिन उनको घरमा घटना बारे बुझ्न गएका पत्रका हेमन्त चौधरी संग मिडिया मार्फत हुन्छ कि कसरी हुन्छ, तत्काल श्रीमानको लास ल्याउन पहल गरिदिन आग्रह गरिन । आर्थिक अवस्था कमजोर रहेको गिताका २ सन्तान स,साना छन् । यस बिषयमा पहल थालिएपछि परराष्ट् मन्त्रालयले शव झिकाइदिन र उचित क्षतिपुर्तिको लागि नेपाली राजदुता वास रियादमा पत्राचार गरेको छ । मन्त्रालयले जानकारी दिए अनुसार १, २ दिन भित्रमा शव नेपाल आइपुग्ने छ ।