विनौनाका महिलाहरु बुटिक कडाई तालिम सिकेर आत्मनिर्भर बन्दै गएका छन् । समाज सुधार नेपाल नामक संस्थाले एक महिने बुटिक कडाई तालिम सिकेर आफुहरु आत्मनिर्भर बन्दै गएको बताएका हुन् । चैत्र १५ देखि वैशाख १५ गते सम्म चलेको एक महिने तालिम बाट उनीहरु व्यवसाय गर्न सक्ने भएका हुन् । द्धण्दको समयमा प्रभावित भएको २३ जना महिलाहरुलाई कडाई तालिम दिइएको हो । सभासद अन्जना चौधरीको सहयोगमा बाँके क्षेत्र न १का विभिन्न स्थानमा च्याउखेती, सिलाई कटाई, बुटिक कडाई लगायतको सिप मुलक तालिम चलाएको उक्त संस्थाका शंकर न्यौपानेले जानकारी दिए ।Tuesday, May 9, 2017
बुटिक कडाईबाट आत्मनिर्भर बन्दै विनौनाका महिलाहरु
विनौनाका महिलाहरु बुटिक कडाई तालिम सिकेर आत्मनिर्भर बन्दै गएका छन् । समाज सुधार नेपाल नामक संस्थाले एक महिने बुटिक कडाई तालिम सिकेर आफुहरु आत्मनिर्भर बन्दै गएको बताएका हुन् । चैत्र १५ देखि वैशाख १५ गते सम्म चलेको एक महिने तालिम बाट उनीहरु व्यवसाय गर्न सक्ने भएका हुन् । द्धण्दको समयमा प्रभावित भएको २३ जना महिलाहरुलाई कडाई तालिम दिइएको हो । सभासद अन्जना चौधरीको सहयोगमा बाँके क्षेत्र न १का विभिन्न स्थानमा च्याउखेती, सिलाई कटाई, बुटिक कडाई लगायतको सिप मुलक तालिम चलाएको उक्त संस्थाका शंकर न्यौपानेले जानकारी दिए ।बैजापुरका म्यादी प्रहरी सरसफाई अभियानमा
निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरी फुर्सदको समयमा गाउँ घर सरसफाई अभियानमा लागेका छन् । ईलाका प्रहरी कार्यालय बैजापुरमा रहेका १ सय १२ जना म्यादी प्रहरी फुर्सदको समयमा सरसफाई अभियानमा सक्रिय हुन्छन् । ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरिक्षक देवीलाल घर्तिमगरका अनुसार अहिले सम्म विभिन्न विद्यालय, बाटो, सार्वजनिक संस्था गरि धेरै ठाउँमा सरसफाई भएको हो । गाउँघरमा म्यादी प्रहरी र नागरिक विचको सम्वन्ध सुधार तथा वातावरण स्वच्छ राख्ने उद्देश्यले सरसफाई अभियान चलाएको उक्त ईलाकामा कार्यरत प्रहरी सहायक निरिक्षक प्रेम शर्माले जानकारी दिए । नियमीत गस्ती संगसंगै सरसफाई अभियानमा स्थानीय बासिन्दाले पनि साथ दिएका छन् ।
Subscribe to:
Comments (Atom)


