म्युजिक भिडियोमै करियर बन्दै
करिब दुई बर्ष अगाडीको कुरा हो, जतिबेला कोहलपुरमा बसेर कक्षा १० अध्यनरत थिइन् उमेरले सानो देखिने तर कलाकारिताको क्षेत्रमा असाध्यै रुचि थियो उनको ।
गाउँ घर, विद्यालय, संघ संस्थाका कार्यक्रममा भाग लिएर उनी आफ्नो नृत्य देखाउन पछि पर्दै नथिइन् । सानो कामको शिलशिलामा मैले भेट्दा सुनिता क्यामरा फेश राम्रो देखिने, रुचि पनि भएको तर उमेर बच्चै लाग्ने सुनितालाई एउटा म्युजिक भिडियोमा अवसर दिने कुरा भयो । उनको बाबा संग पनि कुरा राख्दा सुनिताका बुबा गणेश दहित कला क्षेत्रमा झनै रुचि रहेछ । स्कुले विद्यार्थी जीवनमा एसएलसी नजीकिदै गर्दा सुनिताको औपचारिक कलाको यात्रा सुरु भो, दाङ र बर्दियाको विभिन्न स्थाानमा म्वार र मैया भुला देलोना भन्ने बोलको गीतबाट औपचारिक कलाकारको जीवन सुरुवात भयो । पहिलो गीतमै अब्बल क्षमता देखाएकि सुनिताको प्रशंसा गर्ने, दर्शकको संख्या बढ्दै गयो । मेरो सल्लाह सुझाव र बाबाका हौसला सधै पाइरहिन सुनिता । मैले जहिले नि भन्ने गर्थे यो, सुरुवातमा बाटो मात्रै देखाइदिएको पछि सबै आफैले गर्नुपर्छ । तर समाजमा पच्ने थारु समुदायको कला संस्कृति उत्थान गर्ने दिशामा लाग्नु पर्छ भनेर उनको आफन्ती बुबा आमा , अनि म सधै भनि रहन्थ्यो । सायद त्यसैले होला कलियुग कि मोडेल भएपनि थारु पहिरण थारु भेष भुषा उनको बराबर कसैले प्रयोग गर्दैनन् होला । उनको रुपको चर्चा त गरेर सकिदैन त्यतिमात्रै होइन उनमा हुनुपर्ने सबै भएरै होला अहिले थारु गीत संगितको हरेक जसो पर्दामा सुनिता दहितलाई हेर्न पाइन्छ । जस्तो सुकै गीतमा अब्बल अभिनय दिनसक्ने सुनितालाई अब उनका बुबा, अनि म जस्ताले सुटिङ्गका लागि गीत खोजि रहन पर्दैन् । र अहिले देश विदेशमा बस्ने लाखौं दर्शकलाई सुनिताको बारेमा परिचय दिइ रहन पर्दैन । अहिले हरेकका मोइल युटुवमा सुनिताकै चर्चा देखेर उनी यस क्षेत्रमा अगाडी जाउन भन्ने चाहना राख्नेहरु हर्षित भएका छौ । २ दर्जन बढि गीतमा अभिनय गरि सकेकि सुनिता यतिबेला पनि सुदुरपश्चिमको धनगढी सुटिङमै गएकि छिन् । अहिले म्युजिक भिडियो खेलेर उनी पैसा कमाउन पनि थालेकि छिन् ।
पछिल्लो समयमा कलाकारितालाई फेसनको रुपमा लिइरहेको बेला सुनिता दहित भने कर्म लगनशिलता र शिपमा विश्वास गर्छिन् । आफ्नो कलाकारितालाई औपचारिक रुपमा अगाडी लग्दै गरेकि सुनिता कलाकारितामा आफुले धेरै गर्न बाँकी रहेको बताउछिन् । २१ औं सताब्दीमा पनि विशेष गरि आदिवासीको रुपमा चिनिने थारु सामुदाय बाट कलाकारितामा कमै प्रतिनिधित्व हुने गरेको छ । उनी भिन्छन् थारु सामुदाय भित्र कलाकारिता गर्न शिप कला हुदा हुदै पनि अवसर र समाजको परिवन्धका कारण बाहिर आउन नसेको हो । त्यसैले थारु समुदायलाई सुसुचित गर्ने खालको सन्देश दिने माध्यम सन्चार जगतको एउटा अंग कलाकारिता पनि भएकोले मैले हात हाल्ने प्रयत्न गर्दै छुँ । ै कलाकारितालाई अगाडी बढाउने साेंच बनाएकि सुनिता दहित थारु सामुदायको कला संस्कृति पहिचान बचाउ अभियानमा आफ्नो सदैभ कदम रहने वताउछिन् । उनी कलाकारितामा घरको सदस्यले भरपुर्ण रुपमा सहयोग गरिरहेको बताउछिन् । अहिले पनि पुर्ण रुपमा थारु कला संस्कृति झल्कने थारु फिल्म बन्न नसकिरहेको बेला सम्पुर्ण थारु अगुवा बुद्धिजिवीहरुले कला संस्कृति र आफ् पहिचान जोगनु पर्ने आवश्यक रहेको बताउछिन् । त्यसैले होला सुनिता भन्छिन् औपचारिक कार्याक्रममा जाँदा मेरो थारु पहिरण देखेर मानिसहरु अचम्मित हुने गर्दछन् । अभिनय जीवनले सफलता पाओस शुभकामना सुनितालाई ।
No comments:
Post a Comment