शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Friday, August 26, 2016

कंडेल मतदान गर्ने पहिलो व्यक्ति




नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन आज शनिबार बाट सुरु भएको छ । निर्वाचन समितिका अनुसार बिहान ८ बजे बाट सुरु भएको निर्वाचनमा पहिलो मत हालेर सदस्य पदका उम्मेदवार तेज नारायण कंडेलले उद्घाटन गरेका हुन् । उनले सुरुमै मत हालेर बाहिर आउँदा शुभारम्भ गरिएको भन्दै आफुलाई १४ नम्बरमा भोट हाल्न आग्रह गरिरहेका छन् । नयाँ  नेतृत्वको लागि गोपाल प्रसाद अधिकारी नेतृत्वको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, नन्दलाल वैश्य नेतृत्वको समावेशी समूह र कपिल प्रसाद अधिकारी नेतृत्वको समावेशी साझा समूह प्रतिष्पर्धामा छन् । अध्यक्ष पदका लागि यी तीनै उम्मेदवार आ—आफ्नो हिसावले बलियो मानिन्छन् । आज हुने निर्वाचनमा कस्ले बाजी मार्ला सबैको चासोको बिषय बनेको छ । बाजी मार्न फलामको चिउरा चपाउन सरह देखिन्छ । अन्य सदस्यहरुमा पनि  १९ पदका लागि ६१ जनाको उम्मेदवारी परेको छ । भेरी प्राविधिक शिक्षालयमा विहान ८ बजेदेखि बेलुका साढे ५ बजेसम्म तोकिएको मतदान समयमा २ हजार ९ सय २६ मतदाताले भोट हाल्ने अधिकार पाएका छन् ।