राप्ती सोनारी ३ मा रहेको सरस्वती मावि भवनियापुरले धेरै लामो समय पछि प्रधानाध्यापक पाएको छ । आज मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ललित कुमार चौधरीलाई नियुक्त गरेको हो । समितिले सहायक प्रधानाध्यापकमा पुष्पलाल थारुलाई समेत नियुक्त गरेको छ । गत श्रावणनमा उक्त विद्यालयका प्र.अ र सहायक प्र.अ ले राजीनामा दिएपछि विद्यालय लामो समय सम्म प्र.अ विहिन थियो । नव नियुक्त प्र.अ चौधरीले गुणस्तरीय शिक्षा, विद्यालयको स्तरोन्नती , अभिभावक, विद्यार्थीहरु संगको सहकार्यमा लागि रहने प्रतिवद्धता गरेका छन् । मा.वि तहको स्थायी तृतीय श्रेणी रहेका प्र.अ चौधरीले विद्यालय, अभिभावक, र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्ने जनाउँदै सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् । २०३५ सालमा स्थापना भएको विद्यालय बाँके जिल्लामा शिक्षा, खेलकुदमा नाम राखेको विद्यालय हो ।
को हुन प्र. अ चौधरी ?
२०४० साल १ महिना २८ गते बर्दिया पाताभार गा.वि.स जनक नगरमा पिता हिरालाल चौधरी । माता कौशिला देवी चौधरीको कोख बाट जन्मिएका ललित कुमार चौधरी २०४४ सालमा बसाईसराई गरि साविकको बैजापुर गा.वि.स वडा न. ३ कुम्भरमा आएका थिए । त्यस पछि यता शिक्षक मामा ढाकाराम पाठक र आफ्नै मातापिताको मेहनत र प्रेरणाले जनशक्ति मा.वि बैजापुर बाट औपचारिक अध्ययन सुरु गरेका प्र.अ चौधरी २०५१ सालमा कक्षा ६ पास गरि सरस्वती मा.वि भवनीयापुरमा कक्षा ७ मा भर्ना हुन आएका थिए । २०५५ सालमा सरस्वती माविको तेस्रो ब्याज बाट एस एल सी पास गरे । उच्च शिक्षा हासिल गर्नका लागी कोहलपुर वागेश्वरी क्याम्पस भर्ना भएका उनी पैसाको अभावमा नेपालगन्ज एक्सप्रेसको पत्रिका वितरकको काम समेत गरेर शिक्षा हासिल गरे । क्रमश समय वित्दै जाँदा विभन्न संघर्षका वापजुत २०६३ साल मंसिर १ गते नेरा प्रा.वि कुम्भरमा प्रावि तहको शिक्षक भएका थिए । २०६५ साल मंसिर १ गते सरस्वती माविमा खेलकुद शिक्षकमा नियुक्त भएका प्रअ चौधरी २०७० सालको शिक्षा सेवा आयोगले लिएको खुल्ला परिक्षामा बाँके जिल्लाको मावि तथा निमावी तहमा नाम निकाल्न सफल भएका थिए । त्यसपछि मौखिक अन्तरवार्तामा पनि सफल हुँदै कुसुमेश्वर मावि कुसुममा हाजिर हुन गएका प्र.अ चौधरी पुन आफ्नै विद्यालयमा २०७३ सालमा सरुवा भएर आएका थिए । हाल राप्ती सोनारी ४ कुम्भरमा स्थायी बसोबास गर्दै आएका प्र.अ चौधरीको एक छोरा एक छोरी रहेका छन् ।
