शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Monday, February 6, 2017

अध्यक्षका लागि खरेल, पौडेल र सिंह विच प्रतिस्पर्धा


माघ २५ गते,
राप्रपा बाँकेको आज निर्वाचन हुने भएको छ । निर्वाचनका लागि अहिले नगर भवनमा नेता कार्यकर्ताहरुको जमघट सुरु समेत भएको राप्रपा बाँकेका कोषाध्यक्ष तेज नारायण कंडेलले जानकारी दिए ।  कोषाध्यक्ष कंडेललको अनुसार नेपालगन्जको नगर भवमा हुने निर्वाचनका लागि अहिले अन्तिम नामावली केहिछिन पछि आउने भएको हो । अहिले जिल्लाका गाउँ गाउँ देखि नगर भवनमा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ । जम्मा १ सय ५७  पार्सदले मतदान गर्न पाउने भएपछि अहिले आफ्नो पक्षमा मत पार्नका लागि आन्तरिक लविङ पनि भइरहेका छ । लामो समय देखि कुशल राजनीति गर्दै आएका कृष्ण प्रसाद खरेल,   नरेन्द्र पौडेल र दिपेन्द्र सिंह बिच प्रतिस्पर्धा हुने देखिएको छ । दुई÷दुई पटक पार्टीको जिल्ला अध्यक्ष भएर कुशल भूमिका निर्वाह गरिसकेका  खरेल जित्ने निश्चित  भएको दावि गरिएको छ ।

राप्तीपारिका सामुदायिक बन संरक्षण मूखि बाट उत्पादन मूखि तिर

माघ २४, नेपालगन्ज,
राप्तीपारिका सामुदायिक बनलाई अब संरक्षण मूखि भन्दा उत्पादन मुखि बनाउने अभियान थालिएको छ । ईलाका बन कार्यालय धामपुरका प्रमुख रेन्जर चन्द्र नेपालीका अनुसार संरक्षण गरिएका बनहरुलाई अब उत्पादन मुखि बनाउने अभियान थालि सकिएको हो । रेन्जर नेपालीले ईलाका अन्तरगत पार्ने १० वटा सामुदायिक बनका पदाधिकारीहरुलाई विभिन्न किसिमका तालिम दिने, स्थलगत अनुगमन लगायत जनचेतना मुलक अभियान सन्चालन गरेको जनाए । बिरुवा कसरी रोप्ने, फडाँनी कसरी गर्ने, संरक्षण कसरी गर्ने लगायतका उत्पादन मूखि कार्यक्रमहरु सन्चालनमा आएको रेन्जर नेपालीले जनाएका हुन् । यस्तो खालको कार्यक्रमले बन संरक्षण मूखि बाट उत्पादन मूखि तिर जाने पक्का छ ।

राप्रपाको जिल्ला अध्यक्षको लागि सिंह पनि उम्मेदवार


क्षेत्र न २ को क्षेत्रिय सभापतिमा भारीमतले बिजय भएका दिपेन्द्र सिंह पनि राप्रपा बाँकेको जिल्ला अध्यक्षको लागि उम्मेदवारी दिने भएका छन् । सोमबार सन्चारकर्मिहरु संग कुराकानी गर्दै राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्नका लागि जिल्लामा आफ्नो नेतृत्वको खाँचो रहेको धारणा व्यक्त गरे । लामो समय देखि राप्रपाको राजनीतिमा सक्रिय रहेका सिंह क्षेत्रिय सभापति, जिल्ला अध्यक्ष, युवक संघको अध्यक्ष भएर सफलता पुर्वक नेृतत्व गरिसकेका छन् । कार्यकर्ताहरुको माग अनुसार आफ्नो उम्मेदवारी आउन लागेको बताउदै कसैको दवावमा फिर्ता नलिने समेत सिंहले प्रष्ट पारे । अध्यक्ष पदमा आफुलाई भारीमतले जिताउन सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।