शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213
Showing posts with label मनोरन्जन. Show all posts
Showing posts with label मनोरन्जन. Show all posts

Sunday, June 4, 2017

जुन महिना लागेसँगै काठमाडौंमा गर्मी

जुन महिना लागेसँगै काठमाडौंमा गर्मी बढेको छ । पश्चिम तराईमा पनि गर्मी बढेको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार पछिल्लो दुई दिनमा काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन भएको छ । साथै वायुमण्डलमा ‘हृयूमिडिटी’ बढेका कारण रातमा पनि गर्मी महसुस हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार र आइतबार काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन छ । यो काठमाडौंमा वर्षकै उच्च तापक्रम भएको मौसमविद प्रधानाङ्गगले बताए । अघिल्लो महिनामा काठमाडौंको तापक्रम ३१.६ डिग्री सेल्सियससम्म पुगेको थियो ।
पश्चिम तराईमा पनि गर्मी बढेको छ । धनगढीको तापक्रम ४१.४ डिग्री सेल्सियम मापन भएको छ ।
मौसम विभाग विभागका अनुसार पछिल्लो चार दिन तापक्रम ४० डिग्री सेल्सियमबाट उकालो लागेको छ । जबकी अघिल्लो महिना धनगढीको तापक्रम जम्मा ५ दिनमात्र ४० डिग्री सेल्सियम कटेको थियो ।
नेपालगञ्जमा भने मेमा ४२ सम्म पुगेको तापक्रम जुन महिनामा ४०.६ डिग्री सेल्सियसमा झरेको छ । त्यहाँ अघिल्लो महिना ८ दिन तापक्रम ४० डिग्री सेल्सियमबाट उकालो लागेको देखिएको छ ।

Thursday, May 25, 2017

राप्रपाको जिल्ला कोषाध्यक्ष चौलागाई सहित ७५ जना पार्टी परित्याग


स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको मिति निजिकिदै गर्दा राप्रपा बाँकेका कोषाध्यक्ष भेषराज चौलागाई ( राजन) सहित ७५ जनाले सामुहिक पार्टी परित्य गरेका छन । उनीहरुले बिहीबार विभिन्न गुनसो सहित सामुहिक रुपमा पार्टी परित्यग गरेको घोषणा गरेका हुन् । कोषाध्यक्ष चौलागाई सहित गाउँ ईकाई कमिटी पुर्व उपाध्यक्ष जाविर अन्सारी, गाउँ इकाई कमिटि सदस्य नुर मोहम्मद लगायत पार्टीका विभिन्न पदमा रहेका ७५ जनाको हुलले सामुहिक पार्टी परित्याग गरेको हो


 । कोषध्यक्ष चौलागाई २०४९ साल बाट राप्रपामा लागेर गाउँ इकाई कमिटीको ३ कार्यकाल अध्यक्ष, क्षेत्र नः २ को क्षेत्रिय सचिव, २ कार्यकाल जिल्लाको सहसचिव र अहिले पार्टीको जिल्ला कोषाध्यक्ष रहेर राप्रपामा कुशल राजनीति गर्दै आएका थिए । राप्रपामा पुरानालाई पाखा लगाउने, स्वार्थ  लुट्ने, अहिले स्थानीय निकायको निर्वाचनको लागि टिकट दिदा राम्रा उम्मेदवार भन्दा  महामन्त्री डा. राणाले व्यक्तिगत रुपमा १० हजार देखि ५ लाख सम्म पैसा लिएर टिकट दिने जस्ता थुप्रै खालको असमान व्यवाहारका कारण पार्टी परित्यग गरेको नेता चौलगाईले जानकारी दिएका छन् ।  कोषाध्यक्ष चौलागई सहितको ७५ जनाले गरेको पार्टी परित्याग बाट स्थानीय निकायको निर्वाचनमा डा. धवल शम्शेर राणालाई ठुलो घाटा हुने देखिन्छ । नेता चौलागाईको अनुसार नगरको २३ वटै वडाबाट पार्टी परित्याग गर्ने क्रम प्रतिदिन बढ्दो छ ।

Wednesday, May 24, 2017

मेयर पदमा खरेललको उम्मेदवारी घोषणा, यस्ता छन् नगरको विकासे योजना

दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा पश्चिम नेपालको गौरव मानिने नेपालगन्ज उपमहानगर पालिकाको माहोल तात्दिै गएको बेला एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको  तर्फबाट कृष्ण प्रसाद खरेल मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत १ महिना देखि अनौपचारिक रुपमा चुनावी अभियानमा होमिएका खरेल नेपालगन्ज उपमहानगर पालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । गाई चिन्ह बोकेको राप्रपालाई देशभरीको परिणाम बाट कन्त विजोग भइरहेको बेला जित्ने आधार प्रशष्ट रहेको समेत खरेलले उल्लेख गरे । एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष रहेका खरेलले एक पटक नगरको विकासका निमित्त सबैको साथ सहयोगको अपेक्षा रहेको धारणा राखेका छन् ।
नगरका विभिन्न वडाहरुमा विभिन्न साना दलहरु संग गठवन्धन गरेर निर्वाचनमा जाने तयारी भइरहेको समेत खरेलले जानकारी दिए । गाउँ, बजारमा पकड राम्रो छ, अन्य साना केहि दलले पनि सहयोग गर्ने भनेका छन, त्यसैले जित्ने आधार धेरै छ, मेयरको उम्मेदवार खरेलले भने । मेयर पदमा जितेपछि ग्रिन सिटी बनाउने, सबैजसो स्थानमा रिङ्गरोड बनाउने, भर्खर गाभिएका नयाँ गाविस र बजारको राजश्व प्रकृति अनुसार एकरुपता ल्याउने, वेरोजगार युवायुवतीहरुलाई रोजगारको व्यवस्था गर्ने, नगर भित्र रहेको विद्यालयहरुमा व्यवसायीक शिक्षा लागु गर्ने र एडिवी लगायत अन्य ठुला दातृ निकाय संग सहयोग मागेर नगरको ढल निकास, फोहर व्यवस्थापन, खानेपानीको सुविधा लगायत ठुला विकासको योजना सफल पार्ने लक्ष्य रहेको समेत खरेलले जनाए ।

Tuesday, May 23, 2017

बाँकेमा पनि राप्रपा हार्ने आधार प्रष्ट छन ः एराप्रपा के.स कंडेल



वैशाख ३१ गते भएको स्थानीय निकायको निर्वाचनमा लजास्पद हार व्यहोरेको राष्ट्रीय प्रजातन्त्र पार्टी बाँकेको पनि उज्यालो भविष्य नभएको एकीकृत राप्रपा राष्ट्रवादी पार्टीका केन्द्रिय सदस्य तेज नारायण कंडेलको बुझाई छ । के.स कंडेल भन्छन् वुदागत रुपमै राप्रपा बाँकेको पनि भविष्य उज्यालो छैन । देशभरी लजास्पद हार व्यहोरेपनि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले सबैभन्दा राम्रो भनेपनि जित्ने आधार सकिएको उनको बुझाई हो । वुदगत रुपमै पार्टी फुट्यो, डा. प्रकाश चन्द्र लोहनी, केशर बहादुर विष्ट जस्ता विद्धवान व्यक्तिलाई समेत्न नसक्नु, हिन्दु राष्ट्र र राजसंस्था बारे अडान नहुनु, पटक, पटक विना कारण अवसर लुट्न सरकारमा सहभागि हुनु, मधेश मुद्दामा स्पष्ट धारणा राख्न नसक्नु , पुराना कार्यकर्तालाई सदुपयोग गर्न नसक्नु, जस्ता करणले देश भरि राप्रपाको हाल बिहाल भयो, बाँकेमा पनि त्यहि हुन्छ ।  पुर्व मेयर भएर चर्चा  कमाएपनि आहिले सम्रग पार्टी र आफ्नै कारणले पनि यस पटकमा मेयरमा हार्ने देखिन्छ ।  कंडेल भन्छन् कुनैदिन धवल शम्शेर राणाको नजिकको इमानदार कार्यकर्ता थिए । तर पार्टी भित्र फरक मत राख्दा अन्त्यमा म मात्रै होइन मजस्ता धेरै कार्यकर्तालाई पाखा लगाउने महामन्त्रीको बानी भइसक्यो  । त्यसैमा मधेशी मुस्लिम जस्ता ठुलो संख्याका समुदायलाई पनि समेत्न सकेका छैनन् ।  राप्रपा बाट फुटेको डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको सबैभन्दा बलियो जिल्ला बाँके मानिन्छ । यसमा खरेल संगै नेपालगन्जमा राम्रा् छवि बनाएका उदय सिंह श्रेष्ठ, तेज नारायण कंडेल जस्ता धेरै व्यक्ति सयिक्र छन् ।  २७ बर्षदेखि लामो समय सम्म राजनीतिमा सक्रिय रहेका एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको तर्फबाट कृष्ण प्रसाद खरेल मेयर पदमा उम्मेदवारी दिने भएका छन् । जस्को कारण धवल शम्शेरलाई ठुलो घाटा हुने देखिन्छ ।  कंडेल भन्छन् जनताले नयाँ अनुहार खोजिरहेका छन्, अन्य मेयर पदका उम्मेदवार भन्दा खरेल कम छैनन, पछि विस्तार भएको गाउँ गाउँमा पनि खरेलको राम्रो छ, त्यस अर्थमा हाम्रो जित सुनिश्चित छ । सम्पुर्ण जिल्ला बासीहरुले दिएको माया सल्लाह सुझावलाई आत्मसाथ गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा तथा भ्रष्टाचार मुक्त मुलुक बनाउने हाम्रो पाईला सधै लम्किरहन्छ । जय राष्ट्र जय जनता, नेपाल आमाकि जय ।

Saturday, July 23, 2016

समाचार लेखेको बिषयमा पत्रकार हेमन्त चौधरीलाई एमालेका नेता खिल प्रसाद भुसालद्वारा धम्की

साउन, २ नेपालगन्ज ।समाचार लेखेको बिषयमा न्युज नमस्ते राष्ट्रिय दैनिकमा आवद्ध पत्रकार हेमन्त चौधरीलाई धम्की आएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश प्रसाद काफ्लेको नाम भजाएर एक समुहले यार्चागुम्वा व्यपारी बाट २ लाख ५० हजार कमिसन लिएको भन्ने समाचारको बिषयलाई लिएर नेकपा एमालेका कोहलपुर नगर प्रतिनिधि खिल प्रसाद भुसालले पत्रकार चौधरीलाई धम्की दिएका हुन् ।

शनिबार इलाका प्रहरीका कार्यालयको अगाडी पत्रकार चौधरीलाई आक्रामक हुँदै धम्की दिएका हुन् । नेता भुसालले नेकपा एमालेको विरुद्ध न्युज नमस्ते दैनिकले होइन् हेमन्त चौधरी लाग्यो, अब त्यसै छोड्दैनौ भने ।
सबैका माझ पत्रकार चौधरीलाई यसरी,उसरी समाचार लेख्नुपर्छ भनेर सिकाउँदै यस्तालाई ठिक गर्न युवा संघलाई जिम्मा दिइसकेको नेता भुसालले भने ।
हाम्रा पनि थुप्रै पत्रकार रहेको भन्दै आगामी दिनमा सोंची सम्झी लेख्न धक्की दिए । चौधरीबारे पहिले नेपालगन्ज हुँदा र अहिले कोहलपुर हुँदा कसको हैसियत कति सबै थाहा भएको भन्दै थिए । पत्रकार चौधरीलाई धम्की दिएको र आज पनि कार्यकर्ता छुटाउन आएको भनेर समाचार लेख्नु भनेर दवाव दिदै थिए ।
नेता भुसालले पत्रकारलाई दिएको धम्कीको बिषयमा नेपाल पत्रकर महासंघलाई जानकारी गराइएको छ । प्रहरीले डिएसपीको नाममा कमिसन लिदा प्रयोग गरिएको भे ५ प ४१३ नम्बरको पल्सर मोटरसाईकल धनि शम्शेरगन्ज गाविस, हवल्दारपुरका ज्ञान बहादुर थापालाई पक्राउ गरिएको र थापालाई छुटाउन एमाले नेताहरुको भिड—भाड थियो, भनेर समाचार प्रकाशित भएको थियो ।
यसैबिच इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख  डिएसपी पत्रकार चौधरीलाई सुरक्षा दिन आफुहरु प्रतिबद्व रहेको बताउनुभयो ।