आगामी भाद्र ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र सदस्य पदका उम्मेदवार तेज नारायण कंडेल आज सामाजिक कार्य गरेका छन् । नेपालगन्जको वागेश्वरी मन्दीर परिसरमा रहेको बृद्ध बृद्धालाई दर खुवाएर प्रचार प्रसारलाई जारी राखेका हुन् । त्यस संगै आज बसपार्कका व्यापारीहरु संग भेटघाट गरेका छन् । सदस्य पदका उम्मेदवार कंडेलले होटल अर्गनाइजेशन बाँकेका उपाध्यक्ष प्रेम बहादुर खत्री संग भेटघाट गरेका छन् । भेटको क्रममा होटल व्यवसायीहरुले भरपुर साथ दिने प्रतिकृया दिएको उनले उल्लेख गरे । यस अघि मारवाडी समुदायका व्यापारीहरु संग भेघाट गरेका छन् । उनले सम्पुर्ण व्यापारीहरुले सकारात्मक र जोसिला प्रतिकृया दिएको भन्दै उनले जित सुनिश्चित हुँदै गएको दावी गरेका हुन् । निर्वाचन समितिले तयार पारेको क्रम संख्या अनुसार १४ नम्बरमा आफुलाई भोट हाल्न आग्रह गर्दै हिडेका कंडेललाई साथ दिन विभिन्न समुदायका व्यापारीहरुले भरपुर साथ दिने प्रतिकृया दिएका छन् । व्यापारीहरु संगको भेटघाटको क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र विचार धाराबाट नेतृत्व पंक्तिमा जान खोज्नु सकारात्मक कार्य रहेको भन्दै व्यापारीहरुले उत्साहा जनक हौसला प्रदान गर्ने गरेको उम्मेदवार कंडेलले जनाए । निर्वाचन समितिका अनुसार ४२ वटा सदस्यको उम्मेदवारहरुबाट सबै भन्दा कम उम्मेरका उम्मेदवार कंडेल रहेका छन् । -Wednesday, August 24, 2016
धर्म गरेर कंडेलको चुनावी प्रचार
आगामी भाद्र ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र सदस्य पदका उम्मेदवार तेज नारायण कंडेल आज सामाजिक कार्य गरेका छन् । नेपालगन्जको वागेश्वरी मन्दीर परिसरमा रहेको बृद्ध बृद्धालाई दर खुवाएर प्रचार प्रसारलाई जारी राखेका हुन् । त्यस संगै आज बसपार्कका व्यापारीहरु संग भेटघाट गरेका छन् । सदस्य पदका उम्मेदवार कंडेलले होटल अर्गनाइजेशन बाँकेका उपाध्यक्ष प्रेम बहादुर खत्री संग भेटघाट गरेका छन् । भेटको क्रममा होटल व्यवसायीहरुले भरपुर साथ दिने प्रतिकृया दिएको उनले उल्लेख गरे । यस अघि मारवाडी समुदायका व्यापारीहरु संग भेघाट गरेका छन् । उनले सम्पुर्ण व्यापारीहरुले सकारात्मक र जोसिला प्रतिकृया दिएको भन्दै उनले जित सुनिश्चित हुँदै गएको दावी गरेका हुन् । निर्वाचन समितिले तयार पारेको क्रम संख्या अनुसार १४ नम्बरमा आफुलाई भोट हाल्न आग्रह गर्दै हिडेका कंडेललाई साथ दिन विभिन्न समुदायका व्यापारीहरुले भरपुर साथ दिने प्रतिकृया दिएका छन् । व्यापारीहरु संगको भेटघाटको क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र विचार धाराबाट नेतृत्व पंक्तिमा जान खोज्नु सकारात्मक कार्य रहेको भन्दै व्यापारीहरुले उत्साहा जनक हौसला प्रदान गर्ने गरेको उम्मेदवार कंडेलले जनाए । निर्वाचन समितिका अनुसार ४२ वटा सदस्यको उम्मेदवारहरुबाट सबै भन्दा कम उम्मेरका उम्मेदवार कंडेल रहेका छन् । -
Subscribe to:
Comments (Atom)