व्यवसायिक रुपमा बाख्रा पालनलाई बढवा दिनको लागि महिलाहरुले सामुहिक रुपमा घाँस रोप्ने काम गरेका छन् । हेफरको आर्थिक सहयोग, जिल्ला सहकारी संस्था
को समन्वयमा शनिबार बाँकेका विभिन्न समुहमा आवद्ध महिलाहरुले खालि जग्गाहरुमा बाख्रा पालनलाई सहायता पुग्ने भन्दै सामुहिक रुपमा विभिन्न उन्नत जातका घाँस रोपिएको हो । हेफरको आर्थिक सहयोग, जिल्ला सहकारी संस्थाको समन्वयमा घाँस खेति प्रवद्धन गर्ने उद्देश्यले घाँस लगाउने, उपाहार दिने तथा रुखको बिरुवा रोप्ने कार्य गरिएको जिल्ला सहकारी संघका व्यवसाय प्रवन्धक कृष्ण केसीले जानकारी दिए । प्रवन्धक केसीका अनुसार बर्षमा १० अर्ब रुपैयाँ बराबरको ६लाख खशि बाख्रा भारत बाट भित्रिने भएकोले नेपालमै कृषकहरुलाई व्यवसायीक रुपमा आत्मनिर्भर बनाएर ३३ प्रतिशत आयात घटाउने अभियान थालिएको जनाए । हेफरले जिल्लाका विभिन्न गाउँ गाउँमा सन्चालन गरेकोमा हाल सम्म ११ हजार ५ सय कृषकले व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । प्रबन्धक केसीले भने महिला दिदि बहिनीहरुलाई वित्तिय कारोबारमा गाह्रो छ, विभिन्न वैंक संग कारोबार गर्दा महंगो ब्याज पर्ने भएकोले सहज बातावरणका लागि सबैले पहल गर्नुपर्ने जनाए । त्यस संगै जिल्लाका विभिन्न महिला समुहहरुमा सचेतिकरण अभियान, बृक्षारोपन लगायतका विभिन्न विकास मुलक कार्यक्रम गर्दै आएका छ