एकीकृत राप्रपा राष्ट्रवादी पार्टी बाँकेले स्थानीय निकायको निर्वाचनमा कसरी जाने भन्ने बिषयमा केन्द्रको निर्देशन प्रखिने भएको छ । बाँके जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण प्रसाद खरेलको अध्यक्षतामा आज बसेको नियमीत बैठकमा जिल्लामा पार्टी निर्वाचनको लागि कसरी अगाडी बढ्ने उम्मेदवारी छनौट कुन प्रक्रियाले गर्ने भन्ने बिषयमा टुङ्गो लगाउनेबारे केन्द्र्रको निर्देशन आएपछि मात्रै हुने छलफल भएको हो । पार्टीका केन्द्रिय सदस्य तेज नारायण कंडेलले आन्तरिक रुपमा जागरुप भएर आ आफ्नो स्थानबाट लाग्न सबैलाई आग्रह गरे । केहि समय पछि भ्रष्ट्रचार विरुद्धको महा अभियान समेत बाँके बाट पार्टीले सुरु गर्न लागेको जानकारी दिए ।नियमीत बैठकमा बोल्दै पार्टीका केन्द्रीय सदस्य उदय सिंह श्रेष्ठले यहि ९ र १० गते हुने केन्द्रिय सदस्यहरुको भेला पछि जिल्ला, जिल्लामा चुनावी रणनीति लागु गर्ने जनाए । साथै नियमीत बैठकमा केन्द्रीय सदस्य श्रेष्ठले पार्टीलाई १० ओटा कुर्सी सहयोग गर्ने घोषणा गरेका छन् ।