आगामी २०७६ साल बैशाख २१ बाट राप्ती सोनारी गाउँपालिका स्तरीय प्रथम रनिगंशिल्ड हुने भएको छ । राप्ती सोनारी भरिका विद्यालयका प्र.अ हरुको भेलाले वैशाख २१ गते बाट राप्ती सोनारी ५ बिनौनामा गर्ने निर्णय गरेको हो ।
भेलामा सहभागी सरस्वती मा.वि भवनियापुरका शिक्षक ललित चौधरीका अनुसार आधारभुत र माध्यामिक तथा निजी विद्यालयको सहभागितामा पहिलो पटक गाउँपालिका स्तरीय प्रतियोगीता हुन लागेको हो । शिक्षक चौधरीले भुवर भवानी मा.वि बिनौनाले सन्चालन गर्ने रनिगंशिल्डमा एथ्लेटिक्स तर्फ १ सय , २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार दौड हुने र फिल्ड अन्तरगत लगंजम्प, हाइजम्प, ज्यावलिगं थ्रो, सटपट थ्रो, जनाए । सामुहिक खेल अन्तरगत १०० इन्टु ४ रिले, ४०० इन्टु ४ रिले, भलिवलको प्रतिस्पर्धा हुने छ । राप्ती सोनारी गाउँपालिकाको कार्यालयले आर्थिक सहयोग २ लाख रकम उपलब्ध गर्ने भएको सन्चालक विद्यालयले जनाएको छ । हरेक विद्यालयले सहभागिता वापत ३ हजारका दरले प्रवेश शुल्क तिर्ने निर्णय समेत भएको शिक्षक चौधरीको भनाई छ । खेलको मिति तय भएपछि आयोजक विद्यालयले तयारी सुरु गरेको छ ।
