
नेपाल लोकतान्त्रिक फोरमले नेपालगन्ज उपमहानगर पालिका वडा न ः २ मा नरेश साहुलाई वडा अध्यक्षमा उम्मेदवार बनाएको छ । कुशल समाज सेवी तथा युवा नेताको रुपमा परिचित साहु आफुले टोलको विकास गर्ने प्रतिवद्धता जनाएका छन् । वडाका विभिन्न स्थानमा घरदैलो गरिरहेका साहुले सबैको साथ सहयोग रहेकोले आफुले निर्वाचन जित्ने दावी गरेका छन् । साहु संगै सदस्यमा राजकुमार लोध, माया बाल्मिकि, रामअनारी कोरी र शविर अलि शेषलाई सदस्यमा उभ्याएको छ ।
प्रतिवद्धता
१, वडाका मुख्य र सहायक सडकलाई फराकिलो गरिनुका साथै डुबान मुक्त बनाउन पुर्ण ढल निकासको व्यवस्था गरिने छ ।
२, नमुना वडा निर्माणका लागि फोहर व्यवस्थापन गरिनुका साथैघर घरमा खानेपानीको व्यवस्था शुलभ शौचालय निर्माणको व्यवस्था गरिने छ ।
३, बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै चोक चोकमा चिसो खानेपानीको धारा र सार्वजिनक शौचालय निर्माण गरिने छ ।
४, वडामा हुन सक्ने अपराध र असुरक्षालाई मध्यनजर गर्दै प्रत्येक पोलमा सौर्य वत्ती जडान गरि विभिन्न स्थानमा सिसि क्यामरा राखिनुका साथै पायक पर्ने स्थानमा प्रहरी विटको समेत व्यवस्था गरिने छ ।
५, वडामा भएका विद्यालय मदरसाको स्तर वृद्धिगरि व्यवसायिक शिक्षा लागु गरिने छ ।
६, पश्चिम नेपालको मुख्य धार्मिक स्थल वागेश्वरी मन्दीरको स्तर बृद्धि गरि पर्यटकिय क्षेत्र बनाउन पहल गर्ने छौ ।
७, स्वास्थ्यमा सुलभ पहुँचका लागि एम्वुलेन्स सहितको प्राथमिक स्थास्थ्य चौकी स्थापना गरि समय समयमा विशेज्ञ सहितको फ्रि स्वास्थ्य शिविर गरिने छ ।
८, वडामा रहेका दैलेखी बङ्गालाको स्तरबृद्धि गरि मासु र सब्जीमण्डीलाई व्यवस्थित गरिने छ ।
९, अपाङ्ग, दलित, मुस्लिम, महिला, जनजाती, पीछडाबर्ग, एकल महिला, सबैको लागि सुलभ शिक्षा सहितको रोजगारको समेत व्यवस्था गरिने छ ।