राप्ती सोनारी ३ मा रहेको सरस्वती माविमा आवासिय भवनको शिलान्यास गरिएको छ । शनिबार प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना)ले विधिवत रुपमा शिलान्यास गरेकि हुन । सांसद नमुनाकै पहलमा ४० लाखको ४ कोठे आवसिय भवनको शिलान्यास गरिएको हो ।
विद्यालयका शिक्षक ललित चौधरीका अनुसार विद्यार्थीहरुको बढ्दो चापलाई मध्य नजर गर्दै प्रदेश सरकारले आवशिय भवनको लागि ४० लाख रकम उपलब्ध गराएको जनाए । शिक्षक चौधरीले यस बर्ष ४० लाख मात्रै भएपनि हरेक बर्ष स्तरबृद्धिको लागि क्रमागत रुपमा बजेट उपलब्ध गराउने सांसद नमुना बाट आश्वासन पाएको उल्लेख गरे ।
यसैगरी उक्त विद्यालयमा राप्ती सोनारी गाउँपालिकाको १५ लाख लागतमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । गाउँपलिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बिच भवनको उद्घाटन गरेका हुन् ।
