
सरकारले ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयको विरोधमा आन्दोलनरत नेपाल औषधि आयातकर्ता संघ मियानलाई बाँकेका औषधी व्यवसायीहरुले पनि सहयोग गर्ने भएका छन् । विभिन्न औषधीको मुल्य महंगो भएको बहाना गर्दै स्वास्थ्य मन्त्रालयले ३५ प्रकारका औषधी आयातमा रोक लगाएको भन्दै फ्यान क्यान नेपाल बाँकेले पनि आन्दोलनमा सहमति जनाएको कोषाध्यक्षले फ्यान क्यान नेपाल बाँकेका कोषाध्यक्ष रामदिन साहुले जानकारी दिए ।

औषधि विक्रीबितरणका क्षेत्रमा क्रियाशिल नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन र नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल्स तथा कस्मेस्विटिक समाजले शनिबार छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै मियानको आन्दोलनमा आफूहरुको पूर्ण समर्थन र सहकार्य रहने जनाउदै जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै अत्यावश्यक औषधिको आयात ठप्प गर्ने र विलिङ बन्द गर्ने घोषित कार्यक्रम तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन् । मियानले स्वदेशी औषधि कम्पनीले उत्पादन गर्ने औषधिको बिक्री मूल्य र लागत मूल्यको फरक सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ ।