शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Monday, October 22, 2018

अध्याँरो मूनि सुत्केरी सेवा


सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती पारिका बैजापुर, बिनौना,  लगायतका ठाउँमा अहिले पनि नागरिकले पाउँने अधिकारबाट बन्चित छन् । हरेक नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिने राज्यले योजना ल्याएपनि यस स्थानमा त्यो लागु हुन सकेको छैन् । ठुला अस्पताल त छैनन् नै तर स्वास्थ्य चौकी बाट पनि यहाँका नागरिकले भनेको जस्तो सबै सुविधा गाउँमै पाउँन सकेका छैनन् । पीडित मध्ये सबैभन्दा ठुला समस्या सुत्केरी महिलाले भोगि रहेका छन् । सुत्केरी हुन आउँने महिलाहरुलाई जाडो सिजनमा हिटर बाट ताप दिनका लागि र पुरै उज्यालो पार्ने विद्युत छैन, आफ्नै स्वास्थ्य चौकीमा एम्वुलेन्स छैन, यो प्रशंग हो बैजापुर स्वास्थ्य चौकीको । राज्यले प्रयाप्त जनशक्ति  दिन नसक्दा सुत्केरी हुन आउँने महिला मात्रै होइन, सुत्केरी गराउने स्वास्थ्यकर्मि पनि पीडित छन् । बैजापुर स्वास्थ्य चौकीमा कार्यरत अनमि एलीजा जिएम भन्छिन् सुत्केरी गराउँदा बिजुली त छैन तर अपतकालिन सुत्केरीलाई सदरमुकाम पठाउदा एम्वुलेन्स नपाउँदाको पीडा निकै छ । आमा सुरक्षा कार्यक्रम अन्तरगत आफु र  मनिशा कुमारी थारु मात्रै रहेकोले विदा पनि बस्न नपाइने र रातीको समयमा निकै ग्राहो र एक्लो महसुस हुने गरेको उनको अनुभव छ । डेढ बर्षदेखि कार्यरत रहेको जनाउँदै एलिजाले रातीको समयमा सुत्केरी आएपछि अरुको सहारा लिएर स्वास्थ्य चौकी सम्म पुग्नुपर्ने बाध्यता रहेको जनाइन् । उनका अनुसार मनिसा त झनै स्वास्थ्य चौकी नजिकै कोठा लिएर सेवा दिइरहेकि छिन् । स्वास्थ्यकर्मि हिरामणी गुरौं थारुका अनुसार गत आर्थिक बर्षमा १ सय ९६ सुत्केरी भएको र जस मध्ये १ सय ५ छोरी र ९१ छोरा जन्मिएको समेत स्वास्थ्यकर्मि थारुले जनाए । उनका अनुसार सानो उमेरमा विवाह गरेर बच्चा जन्माउनेहरुमा केहि समस्या देखा परेपनि नियमित रुपमा ४ पटक सम्म जाँच गराउने महिलाहरु पनि धेरै रहेका छन् ।