शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Monday, June 19, 2017

को हुन फुलाराम

भ्रमात्मक प्रचार 
बाँकेको कोहलपुर ७ मा जन्मिएर आफ्नो गतीलाई अगाडी बढाएका फुलाराम थारु छोटो उमेरमा धेरै समाजिक कार्य गरेर सबैमा समाज सेवाको रुपमा परिचित छन् । विद्यार्थी जीवन जतिबेला २०५३ सालमा सपतरी जिल्ला बाट नेवी संघको सदस्य बाट राजनीतिक जीवन सुरुवात गरेका थिए । क्रमश राजनीतिमा सक्रिय हुँदै २०५६ सालमा काठमाण्डौको त्रिचन्द क्याम्पसको निवौचित सदस्य समेत भए । २०६५ सालको मधेश आन्दोलन विजय कुमार गच्छेदारहरुले सुरु गरेपछि त्यस आन्दोलन सफल पार्न फुलाराम थारु सक्रिय भएर लागि परे । त्यति बेला मधेशी जनअधिकार फोरम पार्टीबाट सक्रिय राजनीति गर्दै विजय गच्छेदार नजीक भएकोले २०६६ सालमा नयाँ पार्टी खोलेपछि गच्छेदारको पार्टी मधेशरी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीमा बाँके जिल्लाको बरिष्ठ उपाध्यक्ष भएर जिल्लाको सक्रिय राजनीति सुरु गरे । जिल्लाको बरिष्ठ उपाध्यक्षको पदमा रहिरहदा विद्यार्थीको केन्द्रिय अध्यक्ष समेत भए । हाल पार्टीको बाँके जिल्ला अध्यक्ष भएर जिल्लाको कुशल राजनेताको रुपमा परिचित छन् । त्यतिमात्रै कहाँहोर फुलाराम थारु २०६४ सालको संविधानसभाको निर्वाचन र २०७० को निर्वाचनमा पनि बाँके क्षेत्र न ः १ बाट सभाषदमा लडे र सम्मान जनक मत ल्याएका थिए । २०६७ सालमा कोहलपुर नगर विकास समितिको अध्यक्ष भएर पनि कुशलता पुर्वक जिम्मेवारी निभएका थिए ।
फुलारामले गरेका काम
फुलाराम जहिले पनि जनताको सेवकको रुपमा परिचित छन् । जनतालाई पर्ने जुनसुकै समस्यामा पनि घामपानी, दिनरात नभनिकन फुलाराम आफुले सक्ने सहयोग गर्दै आएका छन् र पो सबैको प्यारो छन् । कोहलपुर नगर विकास समितिको अध्यक्ष हुँदा नेपाल राष्ट् बैंकको जग्गा दिने निर्णय गरेका थिए । र हाल उक्त जमीनमा वैंकको भवन बनिरहेको छ । नेपाल रेडक्र सेसाइटीबाट सन्चालित भोकाअधिकार कार्यक्रमपनि उनकै अगुवाइमा सन्चालन भएको थियो । पार्टी सरकारमा रहदा जहिले पनि डुबान बाट ठुलो धनजनको क्षति व्यहोरीरहेका राप्तीपारिका फत्तेपुर लगायतका गाविसमा ठुला तटबन्धको योजना स्वीकृत गराएका थिए । फत्तेपुरको विभिन्न बाटो निर्माण, कोहलपुरको हवल्दारपुर देखि लख्ना सम्मको बाटो, कोहलपुरको स्मार्ट सडक फुलारामकै पालामा निर्माण भएको थियो ।
कोहलपुर नगरपालिकाको मेयर पदको उम्मेदवार
नेपाल लोकतान्त्रिक फोरम
प्रतिवद्धता 
आफुले जितेपछि आफ्नो कार्य अवधीभरि प्रशसा लाएकको विकासमूखि जनता मुखि कार्य गर्ने उनले जनाए । अहिले पनि शिक्षा स्वास्थ्य, रोजगारको समस्या छ, त्यसको समस्या समाधान गर्छु । कोहलपुरलाई देशकै नमुना बजार बनाउने योजना रहेको उनले बताए ।

भ्रमात्मक प्रचार
पछिल्लो समय आफ्नो जीत सुनिश्चित हुँदै गएपछि अन्य पार्टीहरुले आफ्नो बारेमा गलत हल्ला फैलाएको फुलाराम थारुले प्रष्ट पारेका छन् । फुलाराम थारु जित्यो भने पहाडीरुको दुर्दशा हुन्छ, हेर्दैन, थारुको मात्र उम्मेदवार हो, जस्ता भ्रमात्मक हल्ला चलाइएकोले त्यसको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । आफ्नो जीत भनेको सबैको जीत भएको भन्दै आफ्ना लागि सबै समान भएको बताएका छन् । आफुले जितेपछि सबैको लागि समग्र कोहलपुरको विकास गर्ने जनाए ।