कोहलपुर, भाद्र ६ ,
पछिल्लो केहि बर्ष यता होटलहरुमा नाचगान गरेर, आफ्नो कला संस्कृतीलाई पाखा लगाउँदै पश्चिमेली संस्कृतिको अनुसारण गर्ने क्रम बढेको छ । फैलदै गएको विकृतिलाई मध्य नजरगर्दै राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेले तीज फरक ढंगले मनाउने भएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेकि अध्यक्ष विन्दु चर्तिमगरका अनुसार गरिव असाह्य, तथा बृद्ध बृद्धालाई दर खुवाएर तीज भत्रियाउने कार्यक्रम रहेको छ । महिला संगठनकि अध्यक्ष चर्तिमगरले यहि भाद्र ८ गते बिहान ९ बजे वागेश्वरी मन्दीरमा रहेका गरिव असाह्य तथा भेरी बृद्धा आश्रमका बृद्ध बृद्धा गरि १ सय ५० जनालाई दर खुवाएर तीजलाई स्वागत गर्ने कार्यक्रम रहेको जनाइन् । पछिल्लो समयमा बिकृती फैलीएको भन्दै धर्म गरेर तीज मनाउने निर्णय अनुसार दर खुवाउने कार्यक्रम गर्न लागेको समेत अध्यक्ष चर्तिमगरले जनाइन् । अध्यक्ष चर्तिमगरका अनुसार सचिव तारा वली, सह सचिव राधा महतरा, कोषाध्यक्ष उर्मिला शाह, सदस्य पुष्पा श्रेष्ठ लगायतका सक्रिय महिलाहरुले कार्यक्रम सफल पार्न लागि परेका छन् । दर खुवाउने कार्यक्रममा सबैलाई उपस्थितिको लागि समेत आग्रह गरिएको छ ।
