
कोहलपुर नगरपालिका भित्र रहेका निम्न आय स्तरका १३ जना एकल महिलालाई बाख्रा पैचो उपाहार दिइएको छ । एकल महिला समुह कोहलपुरले एक कार्यक्रमको आयोजना गरि बाख्र पैचो कार्यक्रम अन्तरगत १३ जना एकल महिलालाई बाख्रा उपाहार दिएको हो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर नगरको १३ वटै वडाका निम्न आयस्तरका महिलाहरुलाई बाख्रा उपाहार दिइएको हो । बाख्रा पैचो उपाहार कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाको कार्यकारी अधिकृत माधव प्रसाद शर्माले सानो सहयोगले महिलाहरुले ठुलो बाख्रा पालन व्यवसाय बनाउने अभियान थाल्नु पर्ने धारणा राखे । फ्रिमा पाइएको बाख्रालाई स्याहार सुसार नगर्ने गरियो भने, उपलब्धी केहि पनि नहुने भन्दै आगामी दिनमा कोहलपुर नगरपालिकाले झनै प्रभावकारी कार्यक्रम ल्याउने जनाए । कार्यक्रममा बोल्दै मिडिया नेपाल बाँकेका अध्यक्ष हेमन्त चौधरीले अहिले पनि समाजमा एकल महिलालाई थुप्रै खालका चुनौती रहेको बताउदै राज्यले फरक नीति ल्याउनु पर्ने धरणा राखे । एकल स सानो सहयोगले एक महिलालाई बाच्ने राहात मिल्ने भन्दै एकल महिलाको आर्थिक सबलीकरणका लागि राज्यले कोष बढाउनु पर्ने धारणा राखे । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मन्चको संयोजकहरुले पनि आ (आफ्नो धारणा राखेका थिए ।
No comments:
Post a Comment