भाद्र ५ गते
आगामी भाद्र ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सबैभन्दा कम उमेरका स्वतन्त्र सदस्य पदका उम्मेदवार तेज नारायण कंडेल देखिएका छन् । निर्वाचन समितिका अनुसार ४२ वटा सदस्यको उम्मेदवारहरुबाट सबै भन्दा कम उम्मेरका उम्मेदवार कंडेल रहेका छन् । पाकाहरुको बाहुल्यता हुने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघमा सबैभन्दा कम उमेरका स्वतन्त्र बाट सदस्य पदका उम्मेदवार कंडेल ३१ बर्षको रहेको निर्वाचन समितिले जनाएको हो । निर्वाचन अधिकृत भोला हमालले निर्वाचनको सम्पुर्ण तयारीहरु तिव्र गतिमा भइरहेको भन्दै कंडेल कम उमेरको भएपनि कानुन अनुसार उम्मेदवार बन्न योग्य रहेको जनाए । घरदैलो अभियान जारी राखेका स्वतन्त्र सदस्य पदका उम्मेदवार कंडेलले सानो उमेरको भएपनि युवामा काम गर्ने जोंस जाँगर हुने भएको हुँदा एक पटक जिताउन आग्रह गरे । आइतबार नेपालगन्जको खजुरा रोडका व्यापारीहरुमाझ भेट घाट गरेका कंडेलले जित्ने आधारहरु थपिदै गएको दावी गरेका छन् । खजुरा रोडमा भएका १ सय ५० बढि व्यापारीहरु कहाँ भेट घाट गरेपछि सम्पुर्ण व्यापारीहरुले सकारात्मक र जोसिला प्रतिकृया दिएको भन्दै उनले जित सुनिश्चित हुँदै गएको दावी गरेका हुन् । निर्वाचन समितिले तयार पारेको क्रम संख्या अनुसार १४ नम्बरमा आफुलाई भोट हाल्न आग्रह गर्दै हिडेका कंडेललाई साथ दिन विभिन्न समुदायका व्यापारीहरुले भरपुर साथ दिने प्रतिकृया दिएका छन् । व्यापारीहरु संगको भेटघाटको क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र विचार धाराबाट नेतृत्व पंक्तिमा जान खोज्नु सकारात्मक कार्य रहेको भन्दै व्यापारीहरुले उत्साहा जनक हौसला प्रदान गर्ने गरेको उम्मेदवार कंडेलले जनाए । आइतबार खजुरा रोडका व्यापारीहरु संग भेटघाट गरेका कंडेल सोमबार राँझा क्षेत्रका व्यापारीहरु संग भेटघाट गर्ने भएका छन् ।


No comments:
Post a Comment