सोमबार १७ गते हुने मिडिया नेपालको क्षेत्रिय भेला तथा बडा भोजको तयारी पुरा भएको छ । मिडिया नेपाल क्षेत्रिय कार्यालय नेपालगन्ज र जिल्ला कार्य समिति बाँकेको संयोजनमा हुन गइरहेको क्षेत्रिय भेला तथा बडा भोजको सम्पुर्ण तयारी पुरा भएको मिडिया नेपाल बाँकेका अध्यक्ष हेमन्त चौधरीले जानकारी दिए । क्षेत्रिय भेलामा सहभागि हुन मिडिया नेपालका केन्द्रीय सचिव टेकराज शाही लगायत दैलेख र जुम्लाका पत्रकारहरु नेपालगन्ज आइपुगेका छन् । भने अन्य जिल्लाहरुबाट मिडिया नेपालमा आवद्ध पत्रकारहरु नेपालगन्ज आउने क्रम जारी रहेको छ । दिउँसो १२ बजे बाट सुरु हुने क्षेत्रिय भेलामा मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौड्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । क्षेत्रिय भेला पछि साँझ बडा भोज पनि गर्ने कार्यक्रम रहेको छ । बडा भोजमा क्षेत्र, जिल्लाका उच्च पदाधिकारी, पत्रकार व्यापारी, राजनीतिकज्ञ लगायत २ सय बढिको सहभागिता रहने छ ।
No comments:
Post a Comment