बाँकेमा दुई राप्रपाको एकीकरण पछि पहिलो बैठक आज बसेको छ । जिल्ला विकास समिति बाँकेको सभाहलमा बसेको बैठकले जिल्लाका ४ वटै क्षेत्रिय एकीकरण भेला संगै संगठन विस्तार गर्ने निर्णय गरेको छ । एकीकरण पछि चयन भएका जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पुर्व मन्त्री प्रेम बहादुर भण्डारी र फत्तेसिंह थारुको आतिथ्यमा भएको बैठकले पुष ४ गते देखि ७ गते सम्म चारवटै क्षेत्र र नगरको एकीकरण सम्पन्न गरि पुनर्गठन गरिसक्नु पर्ने निर्णय गरेको हो । संगै निर्वाचन समितिले पनि आफ्नो गतिविधि बढाउने निर्णय भएको छ ।

No comments:
Post a Comment