दुई राप्रपा एक भएपछि बाँकेका विभिन्न क्षेत्रहरुको एकता भेलाहुने क्रम जारी छ । गत ४ गते क्षेत्र न १ को एकता भेला सकिएपछि आज क्षेत्र न ३ को एकता भेला गरिएको छ । राप्रपा नेपाल र राप्रपाका क्षेत्रिय समिति र नेपालगन्ज उपमहानगर पालिकाको समितिलाई तथा नेता कार्यक्रर्ताहरु बोलाएर एकता भेला गरिएको हो । राप्रपाका महामन्त्री डा. धवल शम्शेर रााणाको निर्वाचन क्षेत्र भएको ३ मा राप्रपाको बलियो पकड मानिन्छ । एकता भेला कार्यक्रममा बोल्ने केन्द्रीय नेताहरुले एकता भन्दा मनको एकता भएर लाग्न जरुरी रहेको उल्लेख गरेका थिए । कार्यक्रममा बोल्दै राप्रपाका महामन्त्री राणाले यस क्षेत्रको सबै वडा वडा गाउँ तहमा संगठन विस्तार गर्न सबै नेता कार्यक्रर्तालाई आग्रहगरे । चुनव जित्न सजिलो छैन् जनतालाई पार्टीका एजेण्डा बारे बुझाउनु छ, त्यसैले सबै एकजुट हुन आवश्यक छ । कार्यक्रममा पुर्वमन्त्री द्धय प्रेम बहादुर भण्डारी र फत्तेसिंह थारुले पनि पार्टी बलियो बनाउन कडा मेहनत गर्न आग्रह गरेका थिए । एकता भेला बाट क्षेत्रिय अध्यक्षमा कुन्जिलाल बर्मा र नगर अध्यक्षमा अभय कुमार बस्नेत चयन भएका छन् ।



No comments:
Post a Comment