
बाँकेमा रगतको अभाव देखिएपछि नेपाल मानव धर्मसेवा समिति भेरी अंचल आश्रम नेपालगन्जले गरेको आकाश्मिक रक्तदान कार्यक्रमममा ६९ जनाले रक्तदान गरेका छन् । गर्पाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार ब्लड बैंकले रगत अभाव भएको सुचना दिएपछि बाँकेको कोहलपुरमा गरिएको रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका हुन् । कोहलपुरको दर्पण कम्प्युटर रहेको प्राङ्गनमा भएको रक्तदान कार्यक्रममा मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा भेरी अंचल प्रभारी महात्मा नन्दनी बाइजीको समेत उपस्थिति रहेको सचिव कंडेलले जानकारी गराए । मानव धर्ममा क्रियाशिल रहेको नेपाल मानव धर्म सेवा समितिले विगत ५ बर्ष देखि रक्तदान लगायतका समाज सेवामा सर्मपित विभिन्न कार्यक्रम गर्दै आएको छ । गत असोज ५ गते गरेको रक्तदान कार्यक्रममा अहिले सम्मकै धेरै १ सय ७२ जनाले रक्तदान गरेको समेत सचिव कंडेलले उल्लेख गरे । नेपालगन्जको कारकाँदोमा कार्यालय स्थापना गरेर समितिले मानव सेवा दिइरहेको छ ।
No comments:
Post a Comment