यहि पुष २० गते नेपालगन्जको त्रिभुवन हुने राप्रपाको आमसभाको व्यापक तयारी गरिएको छ । राप्रपा नेपाल र राप्रपा बिचको एकीकरण पछि पहिलो पटक गर्न लागिएको एकताको क्षेत्रिय आमसभा सफल पार्न तयारी व्यापक पारिएको हो । आमसभा सफल पार्नका लागि गाउँ गाउँमा प्रचार प्रसार, पोष्टर पम्पलेट छपाई जिल्ला स्तरको नेता कार्यक्रताको आमसभा बारे बैठक समेत गरिएको राप्रपाका युवा नेता ऋषिराज देवकोटाले जानकारी दिए । नेता देवकोटाका अनुसार त्रिभुनचोकमा हुने राप्रपाको आमसभामा केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर रााणा, बरिष्ठ नेता प्रकाश चन्द्र लोहनी महामन्त्री डा. धवल शम्शेर रााणा लगायत दर्जन बढि नेताहरु सम्वोधनको लागि आउने कार्यक्रम रहेको छ । राप्रपा बाँकेका अध्यक्ष कृष्ण प्रसाद खरेलले आम सभा सफल पार्न गाउँ गाउँ बाट जनतालाई नेपालगन्ज ल्याइने जनाए ।Thursday, December 29, 2016
आमसभाको व्यापक तयारी
यहि पुष २० गते नेपालगन्जको त्रिभुवन हुने राप्रपाको आमसभाको व्यापक तयारी गरिएको छ । राप्रपा नेपाल र राप्रपा बिचको एकीकरण पछि पहिलो पटक गर्न लागिएको एकताको क्षेत्रिय आमसभा सफल पार्न तयारी व्यापक पारिएको हो । आमसभा सफल पार्नका लागि गाउँ गाउँमा प्रचार प्रसार, पोष्टर पम्पलेट छपाई जिल्ला स्तरको नेता कार्यक्रताको आमसभा बारे बैठक समेत गरिएको राप्रपाका युवा नेता ऋषिराज देवकोटाले जानकारी दिए । नेता देवकोटाका अनुसार त्रिभुनचोकमा हुने राप्रपाको आमसभामा केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर रााणा, बरिष्ठ नेता प्रकाश चन्द्र लोहनी महामन्त्री डा. धवल शम्शेर रााणा लगायत दर्जन बढि नेताहरु सम्वोधनको लागि आउने कार्यक्रम रहेको छ । राप्रपा बाँकेका अध्यक्ष कृष्ण प्रसाद खरेलले आम सभा सफल पार्न गाउँ गाउँ बाट जनतालाई नेपालगन्ज ल्याइने जनाए ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment