शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Saturday, October 1, 2016

नेपाल मनव धर्म सेवा समितिको दुर्गा उद्घाटन

मानविय सेवामा समर्पित रहेको नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल आश्रम नेपालगन्जले नव दुर्गाको भव्य उद्घाटन गरेको छ । आज शनिबार राप्रपा नेपालका महामन्त्रीले उद्घाटन गरेका हन् । शनिबार देखि ९ दिन सम्म नवदुर्गाको विशेष पुजा सहित विभिन्न कार्यक्रम गरि मनाउने भएको हो । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार नवदुर्गाको ९ दिन भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष संत्सगं हुने भएको हो । संगै ९ दिन सम्म झाँकी, नाटक, विशेष पुजाआजा, विशेष अतिथिहरुबाट शुभकामना आदान प्रदान गर्ने गर्ने समेत कार्यक्रम रहेको सचिव कंडेलले जनाए । नेपालगन्जको कारकाँदो स्थित आफ्नै भवनको प्राङ्गणमा नवदुर्गाको पूजा आजा गरिने भएकोले सबैमा उपस्थितिका लागि समितिले विशेष आह्वान समेत गरेको छ ।

No comments: