राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष २० गते नेपालगन्जको त्रीभुवन चोकमा गर्ने एकताको आमसभामा महिलाहरुले सक्रियता देखाएका छन । राष्ट्रिय प्रजातान्त्रीक महिला संगठन बाँकेकि अध्यक्ष विन्दु चर्तिमगरको अध्यक्षतामा बैठक बसि विभिन्न तयारीलाई तिव्रता दिएको हो । स्वगत सत्कारको जिम्मा पाएको महिला संगठन सोमबार नेपालगन्ज नगरको विभिन्न भागमा पोष्टर वितरण गर्ने लगायतका घरदैलो कार्यक्रम गरिएको जिल्ला नगर सचिव विष्णु सिंह ठकुरीले जानकारी दिइन् । आम सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री डा। धवल शम्शेर राणा, बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । आम सभाको अघिल्लो दिन भोली १९ गते कोहलपुर बाट मोटरसाईकल र्याली समेत निकालिने भएको राप्रपा बाँकेले जनाएको छ । भोली १९ गते नै होटल वाटिकामा मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको भेला समेत हुने कोषाध्यक्ष तेज नारायण कंडेलले उल्लेख गरे ।Monday, January 2, 2017
आमसभामा महिला संगठनको सक्रियता
राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष २० गते नेपालगन्जको त्रीभुवन चोकमा गर्ने एकताको आमसभामा महिलाहरुले सक्रियता देखाएका छन । राष्ट्रिय प्रजातान्त्रीक महिला संगठन बाँकेकि अध्यक्ष विन्दु चर्तिमगरको अध्यक्षतामा बैठक बसि विभिन्न तयारीलाई तिव्रता दिएको हो । स्वगत सत्कारको जिम्मा पाएको महिला संगठन सोमबार नेपालगन्ज नगरको विभिन्न भागमा पोष्टर वितरण गर्ने लगायतका घरदैलो कार्यक्रम गरिएको जिल्ला नगर सचिव विष्णु सिंह ठकुरीले जानकारी दिइन् । आम सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री डा। धवल शम्शेर राणा, बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । आम सभाको अघिल्लो दिन भोली १९ गते कोहलपुर बाट मोटरसाईकल र्याली समेत निकालिने भएको राप्रपा बाँकेले जनाएको छ । भोली १९ गते नै होटल वाटिकामा मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको भेला समेत हुने कोषाध्यक्ष तेज नारायण कंडेलले उल्लेख गरे ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment