शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Monday, February 6, 2017

राप्तीपारिका सामुदायिक बन संरक्षण मूखि बाट उत्पादन मूखि तिर

माघ २४, नेपालगन्ज,
राप्तीपारिका सामुदायिक बनलाई अब संरक्षण मूखि भन्दा उत्पादन मुखि बनाउने अभियान थालिएको छ । ईलाका बन कार्यालय धामपुरका प्रमुख रेन्जर चन्द्र नेपालीका अनुसार संरक्षण गरिएका बनहरुलाई अब उत्पादन मुखि बनाउने अभियान थालि सकिएको हो । रेन्जर नेपालीले ईलाका अन्तरगत पार्ने १० वटा सामुदायिक बनका पदाधिकारीहरुलाई विभिन्न किसिमका तालिम दिने, स्थलगत अनुगमन लगायत जनचेतना मुलक अभियान सन्चालन गरेको जनाए । बिरुवा कसरी रोप्ने, फडाँनी कसरी गर्ने, संरक्षण कसरी गर्ने लगायतका उत्पादन मूखि कार्यक्रमहरु सन्चालनमा आएको रेन्जर नेपालीले जनाएका हुन् । यस्तो खालको कार्यक्रमले बन संरक्षण मूखि बाट उत्पादन मूखि तिर जाने पक्का छ ।

No comments: