दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै गर्दा सबैजसो पार्टीहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । बाँकेको विभिन्न नगर, गाउँपालिका संगै राप्ती सोनारी गाउँपालिकामा चुनावी अभियानले तिव्रता पाएको हो । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी राप्रपा लगायत अन्य दलले निर्वाचन जित्नका लागि जनताका घरघरमा पुगि रहेका छन । राप्ती सोनारी गाउँपालिकमा सबैभन्दा सक्रिय एमाले देखिएको छ । एमालेले राप्ती सोनारी गाउँपालिकाको ६वटै गाविसमा अभियान चलाई रहेको छ । सोमबार करिव २ सय ५० जनाको संख्यामा एमालेले घरदैलो अभियान गरेको गाउँ ईकाइ कमिटि सचिव ओपेन्द्र रावतले जानकारी दिए । घरदैलो कार्यक्रममा गाउँ पालिकाका सभापति पदका उम्मेदवार तुलसी थारु लगायत सबै उम्मेदवार घरदैलो कार्यक्रममा सहभागि भएको समेत सचिव रावतले जनाए । उनका अनुसार घरदैलो अभियानबाट जनतामा एमाले प्रति उत्साह र आशा देखिएको छ ।Monday, May 22, 2017
राप्ती सोनारी गाउँपालिकामा एमालेको घरदैलो अभियान
दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै गर्दा सबैजसो पार्टीहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । बाँकेको विभिन्न नगर, गाउँपालिका संगै राप्ती सोनारी गाउँपालिकामा चुनावी अभियानले तिव्रता पाएको हो । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी राप्रपा लगायत अन्य दलले निर्वाचन जित्नका लागि जनताका घरघरमा पुगि रहेका छन । राप्ती सोनारी गाउँपालिकमा सबैभन्दा सक्रिय एमाले देखिएको छ । एमालेले राप्ती सोनारी गाउँपालिकाको ६वटै गाविसमा अभियान चलाई रहेको छ । सोमबार करिव २ सय ५० जनाको संख्यामा एमालेले घरदैलो अभियान गरेको गाउँ ईकाइ कमिटि सचिव ओपेन्द्र रावतले जानकारी दिए । घरदैलो कार्यक्रममा गाउँ पालिकाका सभापति पदका उम्मेदवार तुलसी थारु लगायत सबै उम्मेदवार घरदैलो कार्यक्रममा सहभागि भएको समेत सचिव रावतले जनाए । उनका अनुसार घरदैलो अभियानबाट जनतामा एमाले प्रति उत्साह र आशा देखिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment