शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Saturday, June 17, 2017

मनोनयनमा दलहरुले शक्ति प्रदर्शन गर्ने

दोस्रो चरणको निर्वाचनका लागि भोलीहुने मतदानमा आफ्नो पक्षमा जनशक्ति प्रदर्शन गर्न उम्मेदवारहरु तयारीमा जुटेका छन् । नेपालगन्ज उपमहानगरपालिका संगै कोहलपुर नगर र सबै गाउँपालिकाहरुमा उम्मेदवारहरुले भव्य जनमानसको उपस्थितिमा मनोनयन दर्ता गराउने भएका हुन् । राप्ती सोनारी गाउँपालिकामा नेपाली काँग्रेसलेनाचगान सहितको ७ हजार बढि कार्यकर्ता उतार्ने तयारी गरेको काँग्रेसका युवा नेता सन्तोष चौधरीले जनाए । एमालेले हरेक वडाबाट ५० जना कार्यकर्ता लग्ने भएको छ । यस्तै माओवादी र अन्य साना दलले समान्य रुपमा मनोनयन दर्ता गराउने छन् ।

भोलि विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने १४ गते मतदान हुनेछ ।


‘उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आयोगको तर्फबाट म पुनः राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुसँग हार्दिक अपील गर्दछु’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भनेका छन् ।

दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुनेछ, जसमा बिराटनगर महानगरका साथै ७ उपमहानर, १११ नगरपालिका र २१५ गाउँपालिका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने छन् र १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

निर्वाचन आयोगका अन्सार ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् ।

आगोगले ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ ।

No comments: